back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत १६ शनिवार

774 

shares

दुर्गा क्षेत्री, सुनवल, नवलपरासी

मुटु मागिन् उनीले दिएर बसेँ
ममता नमिलेर पिएर बसेँ

कपटी रहिछन् छुन चाँद पुगिन्
म सदा भुइँमै उभिएर बसेँ

जब दिल दुखले हुन पुग्छ चिरा
कसरी भनूँ घाउ सिएर बसेँ

निठुरी त गइन् म भुलूँ कसरी
अहिले प्रतिविम्ब लिएर बसेँ

किन याद अझै मुटुभित्र बस्यो
न मरेर बसेँ न जिएर बसेँ

बहर – मुतदारिक मुसम्मन मख्बुन
अर्कान – फइलुन् फइलुन् फइलुन् फइलुन्
वजन – ११२ – ११२ – ११२ – ११२
काफिया – इएर
रदीफ – बसेँ
अभ्यास – उज्यालो पाठशाला

 

वि.सं.२०८१ चैत १६ शनिवार ०९:५९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...