back
CTIZAN AD

कविता : अपार जीत मिल्नुमा यथेष्ट हुन्छ जाँगर

वि.सं.२०८२ असार ७ शनिवार

1.4K 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
बट्टार, नुवाकोट

करोड लाख पिण्ड छन् त्याहाँ विशाल व्योममा ।
लिएर ज्योति सूर्यको प्रकाश छर्छ चन्द्रमा ।।
सयौँ नदी र पोखरी मिलेर बन्छ सागर ।
अपार जीत मिल्नुमा यथेष्ट हुन्छ जाँगर ।। –१

उडेर झट्ट वाष्पले म बन्छु भन्छ बादल ।
घसेर ओठ दाँतमा सुहाउँदैन गाजल ।।
खराब सोच तर्कले विचार हुन्न सक्कल ।
र ढङ्गशून्य व्यक्तिले बजाउँदैन मादल ।। –२

हिरा छ पूर्ण चम्किने प्रकाश दिन्छ रातमा ।
खुलेर हाँस्न सक्छ है हिमालले प्रभातमा ।।
विवेकहीन पुत्रले खुसी दिँदैन ओठमा ।
दुसाध भ्रष्ट व्यक्तिले कुदृष्टि छर्छ देशमा ।। –३

अनेक वाद चाल छन् विशेष खेल झेल छन् ।
विभिन्न मान सानमा बसेर लुट्न पोख्त छन् ।।
दरिद्र जीर्ण व्यक्तिका पुकार सुन्न सक्छ को ?
दशा अभाव रोगको र दूर गर्न सक्छ को ? –४

असभ्य मूर्खले यहाँ विकार बीज रोप्दछ ।
कुकर्मका प्रहारले धरा दरार पार्दछ ।।
निमेषको चट्याङले विभ्रान्त रूप ल्याउँछ ।
घमन्ड छुद्र कर्मले प्रसिद्धि नाश गर्दछ ।। –५

हुरीबतास स्याँठले बिगार गर्छ सर्वको ।
विचारहीन व्यक्तिले सखाप पार्छ मर्मको।।
सभा र भेटका कुरा गरेर मक्ख पार्दछ ।
कराल काल भाटले समस्त सर्त तोड्दछ ।। –६

छन्द : पञ्चचामर
गण : ज र ज र ज गु
गण सङ्केत : M ISI – SIS – ISI – SIS –  ISI  S

वि.सं.२०८२ असार ७ शनिवार ०७:५३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...