back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ असार ७ शनिवार

1.6K 

shares

पुष्पा राई, बादेल, खोटाङ

१.
बाटो आफ्नै हिँड्नुछ
दुनियाँको रमितामा नभूल्नु
जीवनको युद्धमा भिड्नुछ ।

२.
सित्तैमा पाएको हिरा
नफस्नू आश्वासनमा कसैको
पार्दिन्छन् मुटु नौचिरा ।

३.
आफूलाई कहिल्यै नढाँट्नू
जिस्क्याउछ साक्षी बनेर
गलतलाई जित्न नआँट्नू ।

४.
लोकतन्त्र यस्तो बनोस्
शान्ति सुशासन समृद्धि
विश्वले आहा भनोस् ।

५.
सबैको काम होस्
सोच्न नपरोस् भोलि
सबैमा जोस बढोस् ।

६.
पुस्तकमा दुनियाँ भेटिन्छ
ज्ञानको ज्योति छर्दै
मानिसको अज्ञानता मेटिन्छ ।

७.
देशमा खिँचातानी बढ्दैछ
शासन या कुशासन
फेरि अशान्ति चढ्दैछ ।

८.
भत्काउने कि बनाउने
नबढाउँ अझै हिंसा
बुद्धको देश भनाउने ।

९.
जीवन वैराग्य भयो
झुटो सम्बन्ध छुट्दा
ग्रहदशा सबै गयो ।

१०.
खुसी खोसेर लिन्छन्
अरूको भर नपर्नू
जीवनभरि पीडा दिन्छन् ।

 

 

वि.सं.२०८२ असार ७ शनिवार ०७:५२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...