back

झिल्का कविता

वि.सं.२०८२ असार ७ शनिवार

753 

shares
IME Limited
NTC AD

पुष्पा राई, बादेल, खोटाङ

१.
बाटो आफ्नै हिँड्नुछ
दुनियाँको रमितामा नभूल्नु
जीवनको युद्धमा भिड्नुछ ।

२.
सित्तैमा पाएको हिरा
नफस्नू आश्वासनमा कसैको
पार्दिन्छन् मुटु नौचिरा ।

३.
आफूलाई कहिल्यै नढाँट्नू
जिस्क्याउछ साक्षी बनेर
गलतलाई जित्न नआँट्नू ।

४.
लोकतन्त्र यस्तो बनोस्
शान्ति सुशासन समृद्धि
विश्वले आहा भनोस् ।

५.
सबैको काम होस्
सोच्न नपरोस् भोलि
सबैमा जोस बढोस् ।

६.
पुस्तकमा दुनियाँ भेटिन्छ
ज्ञानको ज्योति छर्दै
मानिसको अज्ञानता मेटिन्छ ।

७.
देशमा खिँचातानी बढ्दैछ
शासन या कुशासन
फेरि अशान्ति चढ्दैछ ।

८.
भत्काउने कि बनाउने
नबढाउँ अझै हिंसा
बुद्धको देश भनाउने ।

९.
जीवन वैराग्य भयो
झुटो सम्बन्ध छुट्दा
ग्रहदशा सबै गयो ।

१०.
खुसी खोसेर लिन्छन्
अरूको भर नपर्नू
जीवनभरि पीडा दिन्छन् ।

 

 

वि.सं.२०८२ असार ७ शनिवार ०७:५२ मा प्रकाशित

लघुकथा : दृष्टिकोण

लघुकथा : दृष्टिकोण

सुरेशकुमार पाण्डे, दाङ, घोराही ‘नमस्ते प्रदिप दाजी !’ ‘सकिल पनि...

झिल्का कविता

झिल्का कविता

केन्टरमेश क्षेत्रीय, रोल्पा १. अहमता कति बढेछ उनलाई मात्र समाउँदा...

कविता : भानु महिमा

कविता : भानु महिमा

अलख निरञ्जन लोहार टीकापुर, कैलाली,हाल : भारत लेख्यौ अन्तर भावना...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा हुँदा पेट भोकै...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ छ बढ्दै युध्दको खतरा उता...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ कतै तन लुटेका पुजारीहरू छन् कतै...