back

गजल

वि.सं.२०८२ असार ७ शनिवार

1.9K 

shares
IME Limited
NTC AD

टीका सुदिस निरौला, काठमाडौं

फगतका बहाना बनाएर फेरि

नआऊ नजिक व्यर्थ धाएर फेरि

कतै सम्झनामा नहोस् याद मेरो
खुसी छौ कि तस्बिर जलाएर फेरि

हिजोसम्म गाढा थियो प्रेम हाम्रो
समयले दुखायो छुटाएर फेरि

विगत सम्झिँदा मनमनै दङ्ग हुन्छु
खुसी पल गयो बस् रुवाएर फेरि

सबैमाझ दोषी बनायौ मलाई
तिमी बाँच हाँसो सजाएर फेरि

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आएर
रदिफ – फेरि
अभ्यास – उज्यालो पाठशाला

 

वि.सं.२०८२ असार ७ शनिवार ०७:५१ मा प्रकाशित

कविता : आदिकवि सम्झना

कविता : आदिकवि सम्झना

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम भानुभक्त कविका कवितामा । रामभक्ति रस...

कविता : रक्तदान नै प्राणदान

कविता : रक्तदान नै प्राणदान

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर रक्तअल्पता मुख्य शत्रु हो दिन्छ दान जो...

सुसेली

सुसेली

द्वारिका कुईँकेल, काठमाडौं १. प्रजातन्त्र रे ! भेष हिटलरको स्वतन्त्र...

गजल

गजल

एकनारायण चापागाईं ,दाङ वचन वाणजस्तो सियो के गरूँ म छ...

गजल

गजल

अरुण खड्का, किर्तिपुर तन मनमा जसले कालो जादु चलायो आँखामा...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके नारीका पीडा दुख सबका घरघरमा छन्...