back
CTIZAN AD

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

वि.सं.२०८२ असार १३ शुक्रवार

1.9K 

shares

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ ।

च्याप्टरका अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष राईले उपस्थित सबैमा शुभकामना व्यक्त गरेका थिए ।

न्यूयोर्कका लागि नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भण्डारीले विदेशको वसाई र व्यस्त समयका वावजुद पनि महत्वपूर्ण कार्यक्रम गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघकी अध्यक्ष समेत रहेकी बसन्ती राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा एनआरएनए अमेरिका तथा फिप्नाका पूर्वअध्यक्ष एवंम् युनाइटेड किराँत राईका पूर्वसभापति शिव कुमार राईले उपस्थित सबैलाई संस्थाको विषयमा जानकारी दिएका थिए ।

त्यसैगरी आदिवासी जनजाति महासंघ अमेरिकाका केन्द्रीय सभापति तोरण गुरुङले आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताए । साथै नेपालबाट उपस्थित (युनाईटेड किराँत राई अर्गनाइजेशनका केन्द्रीय अध्यक्ष प्रभाकर राईकी आमा) लक्ष्मी राईले साकेलाको शुभकामना दिएकी थिइन् ।

कार्यक्रमका विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्च अमेरिकाका सचिवालय सदस्य राधाकृष्ण देउजाले समग्रमा नेपालीहरु एकजुट भएर लाग्नुपर्ने बताउँदै साकेलाको शुभकामना दिएका थिए । साथै नेपाल आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय उपसभापति डुन्डु शेर्पाले देशमा समानुपातिक र समावेशीको मुद्दामा नेपाल सरकारले वेवास्ता गरेको गुनासो गरेका थिए ।

त्यस्तै च्याप्टरकी महिला उपाध्यक्ष लुक्स्मी थापा र संस्थापक अध्यक्ष प्रभाकर राईले संस्थाले २००७ देखि हालसम्म आफ्नो भाषा, धर्म, संस्कार संस्कृति संरक्षण गर्न र समाज र समुदायको हितमा निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताए । साथै संस्थाका पूर्वसभापति तथा संरक्षक विष्णु राईले साल्पा सिलिचुङमयको विषयमा सबैलाई जानकारी दिँदै भेटी दान सहयोग संकलन सुरु गरेको बताए ।

च्याप्टरका निर्वतमान सभापति तथा सस्थाका केन्द्रीय महासचिव ममता खालिङ राईले आजको दिन विशेष पितृहरुको सम्मान गरिने दिन भएकोले सबैलाई साकेलाको शुभकामना दिएकी थिइन् ।

त्यसैगरी संस्थाका केन्द्रीय उपाध्यक्ष तथा साकेला थान निर्माण संयोजक मुक्ति वान्तवा राईले संस्थाको अमेरिका भरी पाँचवटा च्याप्टर रहेको र त्यसमा १५ वटा राज्य समेटिएको बताउँदै अन्य राज्यमा संस्था स्थापनाको पहल भइरहेको बताए । उनले साकेला थान स्थापनाको बारेमा जानकारी दिए ।

त्यसैगरी संस्थाका न्यूजिल्याण्ड च्याप्टरका उपाध्यक्ष तथा संस्थाका केन्द्रीय संचार संयोजक शेखर राइले पहाडदेखि तराईसम्म बख्खु लगाउने देखि कछाड लगाउने सम्म र देउडा नाचदेखि चुम्ब्रुङ्ग नाचसम्म भिन्न भिन्न संस्कृतिमा रहेका नेपालीको एकता नै नेपाल र नेपालीको पहिचान रहेको भन्दै भिन्न भेष, भुषा र जातजातिको आ–आफ्नो संस्कृति नेपालीको साझा संस्कृतिको रुपमा मनाउने गरिएको बताए ।

त्यस्तै किरात राई सोसाइटी अफ न्युयोर्क च्याप्टरका सभापति सम्भु राईले कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभागिताप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । सो कार्यक्रममा अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, शेपा किदुंङका निर्वतमान महासचिव सुमदोर्जे शेर्पा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सभापति पुर्ण लिम्बु, वरिष्ठ गायक सपनाश्री, संस्थाको न्युर्योक च्याप्टरका पूर्व उपाध्यक्ष सवनम राई, आदिवासी जनजाती महासंघ अमेरिकाका महासचिव दिपक चौधरी, मगर संघ अमेरिकाका केन्द्रीय सभापति यम पुन फिप्नाका सचिव शान्ति गुरुङ, फिप्नाका कोषाध्यक्ष कृष्ण महर्जन, मगर संघ अमेरिका न्युर्योक च्याप्टरका अध्यक्ष रत्न सिंह गुरुङ, सामाजिक अभियन्ता तथा अन्तराष्ट्रिय रेफ्री पर्खि खालिङ राई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका स्वयमसेवक संयोजक जिङ्मी लामा र दिनेश लिङदेनलाई विशेष सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व (पाँचथर गाउँपालिका याङ्वरक वडा न. ४ का) लिङ्देन, विगत २५ वर्षदेखि नेपाली चलचित्र उद्योगमा रहेर भाषा सस्कृति सस्कार कला आदिको बिकास एवम् विस्तार गर्ने गराउने प्रकारका चलचित्रहरु निर्देशन गर्दै आएका छन् ।

नछुङ्ग धामी पदम बहादुर राईले साकेला पूजा गर्दै सबैलाई टिका लगाएर आर्शिवाद दिएको उक्त कार्यक्रमको संचालन च्याप्टका महासचिव सिर्जना बहिङले गरेकी थिइन् ।

 

 

वि.सं.२०८२ असार १३ शुक्रवार ०९:०६ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...