back
CTIZAN AD

कविता : मोतीराम भट्ट

वि.सं.२०८२ भदौ ७ शनिवार

3.2K 

shares

घनश्याम पौडेल,पोखरा

मोतीराम बने अमूल्य गहना यो देशका खातिर
सेवाकाल छँदाछँदै पनि उनी चाँडै बिते आखिर।
पुग्ने तीस थियो उमेर कलिलो छोडेन त्यो कालले
पर्खी भो अहिले भने नि किन खै छोपेन संजालले।१।

औँशीको दिन जन्मिएर उनले ख्याती कमाए निकै
बेलैमा सब काम ब्यापक गरी भाषा सुधारे निकै।
जिज्ञासा अझ मेटिए गजलका मोती हुनाले पनि
मोती हर्दम खोज्दथे मदनले खोजिन् मुनाले पनि।२।

खोजे पाण्डुलिपी हरेक घरमा रम्घा पुगी भानुको
छापे शब्द खिचेर आदिकविको त्यै अर्थ भो जानुको।
मोती गायन मण्डली शुरु गरे काशी र नेपालमा
ल्याए मेसिन छापिने तरहको लागेर सम्हालमा।३।

माता हुन् रिपुमर्दिनी र उनका बाबा दयाराम हुन्
दोश्रो सन्तति भट्टको थर हुककदा लाखौकक थरी काम छन्।।
लेख्थे नाटक साथमा गजल औ गर्थे समालोचना
छाप्दा खेरि अपूर्ण पङ्ति थपिए भन्ने छ आलोचना।४।

कीराबाट हिरा बने चहकिलो छाप्दा त रामायण
आफैले कविता थपे कि उनले होला र अन्वेषण।।
थोरै बर्ष जिए तरै पनि उनी ब्यस्तै रहे काममा
मोतीकै रुपमा टलक्क हुनु है हाम्रो यही कामना।५।

छन्द : शार्दूलविक्रीडित
गण : स – म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ भदौ ७ शनिवार ०७:५८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...