back
CTIZAN AD

कविता : भाषा बेच्ने गद्दार मूर्दाबाद

वि.सं.२०८२ भदौ ७ शनिवार

3.4K 

shares

स्पन्दन विनोद, युके

को छन् प्राज्ञ नियुक्त गतिला, को सोच्छ साहित्यको
भाषा बेच्न तयार छन् सब जना, भाषा विरामी भयो
कोही बोल्न डराउछन् कविहरू, कोही बिके हाडमा
अर्वौँको ऋण मात्र हैन खत छन्, यो देशको ढाडमा ।१।

आफ्नै देश पुगे विदेश छु जसै, लाग्ने भयो चक्कर
नेपाली किन हुन्न यो मुलुकमा, इम्बोस्टको नम्बर
घट्दै साक्षर छन् र शिक्षित युवा, मर्दै गयो सभ्यता
बोल्दैनन् सरकारका गुटहरू, बाँकी छ बेच्ने कुरा ?२।

बोल्यो सम्झन सक्छ तुच्छ तहको, गाली दियो दुष्टले
चाट्दै बस्दछ जो र बिक्तछ भने, आहा ! हुने मित्रले
के गद्दार बचाउला मुलुकले, छाती चिथोरी रहे
होलास् तै कुन देशको नकचरो, देशै विदेशी भए ।३।

भाषा संस्कृति देशको त गहना, पोशाक हो लोचन
हाम्रा राष्ट्रिय थोक गौरव सबै, खोला नदी नन्दन
बेच्ने के अधिकार भ्रष्ट तहका, नेताहरूमा भयो
घोक्रेठ्याक लगाउने छ जनले, चिन्ता त्यसैको रह्यो ।४।

अङ्ग्रेजी थलबाट सस्कृति लिई, पोस्छन् कि विद्यालय
फेर्छन् चाड र धर्म पौरख गरी, इम्बोस्ट अर्को भय
हिन्दू राष्ट्र हट्यो युवा पनि हटे, भाषा हटाए पुग्यो
यो नेतृत्व छ देश बेच्न नि खुसी, कस्तो व्यवस्था भयो ?५।

छन्द : शार्दूलविक्रीडित
गण : स – म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

 

वि.सं.२०८२ भदौ ७ शनिवार ०८:०० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...