back
CTIZAN AD

लघुकथा : दोषी

वि.सं.२०८२ भदौ ७ शनिवार

3K 

shares

वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ

अदालतमा बहस चलिरहेको थियोे । मुद्दाको वादी मान्छे, प्रतिवादीहरू पानी, हावा र माटोप्रति क्रुद्ध थियो ।

 

न्यायाधीशले सबैलाई एकएक नियाले र पानीतर्फ हेर्दै बोले, –“के चाला हो यो ? तिमीलाई पिउँदा मान्छे झन्डै गुल्टिएनछ त ! त्यस्तो पनि गर्ने हो ?’

‘म निर्दोष छु श्रीमान् ? मेरो हालत देखिहाल्नु भो ! म आफैँ बिरामी छु । मलाई पिउँदा मान्छे कसरी स्वस्थ हुन्छ त ?’ , जलवियोजनले ग्रसित धमिलो पानी कपकपाउँदै बोल्यो ।

–‘मान्छेलाई अक्सिजन दिने जिम्मेवारी तिम्रो हैन ? अक्सिजन भनेर दुषित हावा दिने ?’, न्यायाधीशले हावालाई पनि झपारे ।

–‘मैले त निकै प्रयास गरेकै हो हजुर ! शरीरले साथ नदिएपछि के गर्नू ?’ , दम, खोकीले ग्रसित हावा स्याँ स्याँ गर्दै बोल्यो ।

–‘आश्रयमात्र दिएर हुन्छ, उचित पोषण दिनुपर्दैन ? कुपोषित मान्छेको जिम्मेवारी कस्ले लिने ?’ , माटोतिर फर्किएर न्यायाधीश कड्किए ।

–‘यो केमिकल, रसायन, विषादीले हामी नपुंसक भइसक्यौंं, श्रीमान् ! अम्लियपन बढेर टिक्नै मुस्किल भएको छ ।’ , कुपोषणले ग्रसित माटोले पनि धौधौ बिन्ती बिसायो ।

–‘हे भगवान् ! तिमीहरू सबैको हालत उस्तै छ त । हैन, तिमीहरूको यो हविगत कसले बनायो ?’ , निराश हुँदै न्यायाधीशले सोधे ।

सबैले रुञ्चे स्वरमा एकसाथ भने, –‘मान्छेले ।’

 

वि.सं.२०८२ भदौ ७ शनिवार ०८:१४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...