back
CTIZAN AD

कविता : बाटो बिराएपछि

वि.सं.२०८२ भदौ २१ शनिवार

2.4K 

shares

रामशरण न्यौपाने, भक्तपुर

पस्दा जङ्गलभित्र मार्ग गतिलो पाइन्न चारैतिर
बस्छन् हिंस्रक जन्तु धेर बिचमा पारेर ठाडो शिर
झम्टिन्छन् बनजन्तुले मनुजको सौगन्ध पाए पछि
को पो पुग्छ कुबेरको सहरमा बाटो बिराए पछि?।।१

बाटोमा कति छन् जँघार र नदी ठाडा उकालाहरू
काँडाका ननिका बडा जहरिला गाडिन्छ भालाहरु
निर्धा भाइ र बन्धुका पिठिउँमा भारी भिराए पछि
को पो पुग्छ कुबेरको सहरमा बाटो बिराए पछि?।।२

व्यापारी जन खोज्छ दाउ जहिले नाफा लिने बेसरी
खर्ची लाख कडोर धुत्छ उसले पारेर फन्दा घरी
टोलीमा पथभ्रष्ट मूल अगुवा मानी छिराए पछि
को पो पुग्छ कुबेरको सहरमा बाटो बिराए पछि?।।३

सच्चा मानव वृक्षतुल्य भरिला हुन्छन् नुहेका अति
गर्दैनन् तिनले कुनै तरहले कोही कसैको खती
ज्ञानीले पनि साथ छोड्छ खलले साह्रै पिराए पछि
को पो पुग्छ कुबेरको सहरमा बाटो बिराए पछि?।।४

मान्छे नायक बन्छ लोक हितको रफ्तारमा दौडिने
आफैँ उन्नतिको बनीकन दियो भूलोकमा चम्किने
कल्ले मान्छ कुकर्मबाट मुहुडा आफैँ गिराए पछि
को पो पुग्छ कुबेरको सहरमा बाटो बिराए पछि।?।।५
छन्द : शार्दूलविक्रीडित
गण :म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ भदौ २१ शनिवार १६:०१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...