back
CTIZAN AD

कविता : मातापिता निधि दुवै घरमै रमाउन्

वि.सं.२०८२ भदौ २१ शनिवार

2.9K 

shares

कविराज घिमिरे,चाँगुनारायण भक्तपुर

संस्कारयुक्त जनले नित बास पाउन्
फैलेर शान्ति करुणा सबका पलाउन्
मायाँ अपारसँगले शिशु नित्य पाउन्
मातापिता निधि दुवै घरमै रमाउन् ।१।

त्योमात्र जीवनपला कहिँनेछ साँचो
टर्छन् जहाँ असुविधा कति हुन्न खाँचो
सन्तोषको चउरमा कुल खेल्न आउन्
मातापिता निधि दुवै घरमै रमाउन् ।२।

जाउन् सुता सुत परै अभियान बोकी
ल्याउन् परिश्रम गरी नगदी र जिन्सी
भण्डार भर्न सकियोस् सबले कमाउन्
मातापिता निधि दुवै घरमै रमाउन् ।३।

लन्ठा अनेक जति छन् सुतबाट टारुन्
राखी विवेक सबले मन उच्च पारुन्
सद्भाव झल्किन अरू विरुवा लगाउन्
मातापिता निधि दुवै घरमै रमाउन् ।४।

वि.सं.२०८२ भदौ २१ शनिवार १६:०३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...