back
CTIZAN AD

कविता : धरतीको आत्मावाणी

वि.सं.२०८२ कात्तिक २२ शनिवार

837 

shares

यम रेग्मी, दाङ

मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं खति
नाना अस्त्र प्रयोगले दिनदिनै गल्दैछ छाती अति
टुप्पामाथि बसेर फेद दिनकै काट्दैछ स्वार्थी यहाँ
मेरो प्राण लिई जमेर सुखमा बस्ला नि मान्छे कहाँ ?१।

बग्ने रक्त नसा सुकेर दिनकै बन्दैछु सुक्खापन
चोखो माथ सफा रहेन गतिलो बढ्दैछ मैलोपन
भित्री अङ्ग सबै खनी मिसिनले बन्दैछु रित्तो अझ
मेरो स्वच्छ हवा धुलो र बमले पारे जुठो मानिस ।२।

मेरो आत्म चरक्क यो चिरिदिँदा बाढी बनी बग्दछु
मेरो प्राण फतक्क यो गलिदिँदा पैह्रो बनी खस्दछु
मेरो यो मनमा बडो बह रुँदा आँधी बने बेसरी
नाना चोट ममा अनेक रहँदा रोए असारे झरी ।३।

इच्छा छैन ममा कुनै समयमा चट्याङ रूपी हुन
चाहा छैन ममा कुनै बखतमा मास्ने सुनामी हुन
माताको मन हुन्छ केवल यहाँ सन्तान रक्षा गरू
बाचून् सन्तति ती भनेर मनले मर्छन् सुमाता बरू ।४।

सुन्दा ती परमाणु अस्त्र बलियो छाती खुबै काप्दछ
देख्दा मानिसमा घमण्ड मनका मार्छन् सरी लाग्दछ
मेरो यो दिनमा अझै विगतको जापानको घाउ छ
मेरो यो तनमा छरेर विष ती मास्ने सदा दाउ छ ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
गण सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...