back
CTIZAN AD

‘कृष्ण र कंस संवाद’ खण्डकाव्यको लोकार्पण

वि.सं.२०८२ कात्तिक २३ आइतवार

954 

shares

दाङ । साहित्यकार महेश्वर शर्माको दोस्रो कृति ‘कृष्ण र कंसको संवाद’ खण्डकाव्य घोराहीमा लोकार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।

खण्डकाव्यमा महाभारतकालीन पात्र र प्रवृत्तिलाई अहिलेको प्रसंगमा जोडेर गलतका विरुद्ध तिखो प्रहार गरेको वक्ताहरूले बताए ।

अहिलेको समाज तथा विकृतिका विरुद्धमा पुस्तकले उचित धारणा बनाउन मद्दत गर्ने उनीहरुको भनाइ थियो । पुस्तकका ७२ पृष्ठमा रहेका सामग्रीले पौराणिकताको झल्को दिए पनि विषय अहिलेका समेटिएको समीक्षक साहित्यकार पद्मप्रसाद शर्माको भनाइ थियो ।

उनका अनुसार पुस्तक पठनीय, रोचक र ज्ञानवर्धक छ । सग्रहणीय र पटक–पटक पढ्न मन लाग्ने खालको छ । खण्डकाव्यमा नयाँ प्रयोग पनि हो । शीर्षक नहालेर लेखिन्छन् तर यसरी खासै लेखिएका थिएनन् ।

यसअघि ‘विश्व परिवेशलाई नियाल्दा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित गर्नुभएका साहित्यकार शर्माको यो दोस्रो कृति हो । उनले अझै दुईवटा कृति प्रकाशनको तयारीमा रहेको बाँकी केही डायरीमा राखिएको जानकारी दिए । स्यार्पु बहुमुखी क्याम्पस बाँफीकोट रुकुम पश्चिमका सेवानिवृत्त क्याम्पस प्रमुख शर्माले लेखिरहने प्रतिबद्धता जनाए । बाँकी जीवन लेख्ने र प्रकाशन गर्नेमा बिताउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोखरेल राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा राति साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्य दिनुभएको थिए । उनका  सुपुत्र टङ्क लम्सालले धन्यवाद मन्तव्य दिएका थिए ।

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...