back
CTIZAN AD

कविता : म त बाँदर हुँ

वि.सं.२०८२ मंसिर २७ शनिवार

1.5K 

shares

हिरा भट्ट “बदमास नम्बर दुई“
पञ्चेश्वर–६, बैतडी

मुखले मदिरासित मासु निले,
म त भोट खसाल्दछु नोट मिले ।
सुन बाँदरको म बिरादर हुँ,
म त मानिस होइन बाँदर हुँ ।१।

जब बाँदर नाच्दछ शासनमा,
जब देश रहन्छ कुशासनमा ।
म त बोल्न डराउँछु काँतर हुँ,
म त मानिस होइन बाँदर हुँ ।२।

जब शासक खोल्छ सबै कपडा,
थपडीसित हुन्छु जुरुक्क खडा ।
म त लाज बचाउँछु चादर हुँ,
म त मानिस होइन बाँदर हुँ ।३।

म त मस्त छु खेत–बजेटसित,
मुटु मान्छु मुसा र बिडाल मित ।
दल चर्छु चराउँछु चाकर हुँ,
म त मानिस होइन बाँदर हुँ ।४।

जब रुन्छ किसान विना फसल,
म त बज्दछु नाच्दछु ढोग्छु दल ।
दलको म त पाउजु खाँकर हुँ,
म त मानिस होइन बाँदर हुँ ।५।

कविले कवितासित भन्नुप¥यो,
सब बाँदर मानिस बन्नुप¥यो ।
म त इज्जतहीन निरादर हुँ,
म त मानिस होइन बाँदर हुँ ।६।

छन्द : तोटक
गण :स – स – स – स
गण सङ्केत : IIS – IIS – IIS – IIS

वि.सं.२०८२ मंसिर २७ शनिवार ०५:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...