back
CTIZAN AD

कविता : गुलाफ गाथा

वि.सं.२०८२ मंसिर २७ शनिवार

1.3K 

shares

ओम आचार्य,अर्घाखाँची

उन्मुक्त हाँसो हरमा सजाई
छर्केर वास्ना जग मग्मगाई
खुलेर पूरा खलपत्र आई
खेलेर हावा सँगमा रमाई ।१।

हाँसो बनाई तनमा चढाई
माली बनाई मनले पढाई
नकाव च्यातेर गमी रमायी
सौन्दर्य पस्केर बहार ल्यायी ।२।

आँधी र अश्मन् सब मार झेली
रक्षा गरेको वय हो गुलाबी
प्रकाश भित्रै नव रङ्ग पेली
मुस्कान पोत्ने मनकी सहेली ।३।

उत्रेर हेरी रविको बिहानी
चिम्लेर आँखा खुश भो जवानी
पिएछ प्रेमी सकिएछ रात
संगीत मीठो नृत्यमा छ पात ।४।

बाँडेर शोभा धरती रँगाई
गाँसेर नाता पिरती बसायी
अनेक प्रेमी मनमा सजायी
राखेर आस्था समता जनायी ।५।

छन्द – उपजाति

वि.सं.२०८२ मंसिर २७ शनिवार ०५:५० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...