back
CTIZAN AD

आयरल्याण्डबाट न्यौपानेले दिए युरोप उपसंयोजकमा उम्मदेवारी

वि.सं.२०७४ असोज १८ बुधवार

1K 

shares

sukra neupaneगैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकमा आयरल्याण्डबाट शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष,  वर्तमान संरक्षक समेत रहेका न्यौपाने आयरल्याण्डमा रहेका अन्य नेपाली संघ संस्थाबाट नेपाली समाजमा सक्रिय भुमिका निर्वाह गरेका छन् । न्यौपानले आफूले एनआरएनए युरोप उपसंयोजकमा आफ्नो उम्मेदवारी दिएको एक प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

यस्तो छ न्यौपानेद्धारा जारी गरिएको प्रेस वक्तव्य
‘नेपाली अभियन्ताज्यूहरुमा हार्दिक नमस्कार । हजुर हरुलाई अवगतनै होला गैर आवासिय नेपाली संघको स्थापना कालदेखि यस संस्थालाई यो उचाई सम्म ल्याउने क्रममा विभिन्न देशका गैरआवासीय नेपालीहरुको ठूलो योगदान रहेको छ र आजसम्म बिभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाल र नेपालीको हितमा अत्यन्तै राम्रा कामहरु गर्दै यहा सम्म आएको छ । यसै क्रममा यो अभियानमा म २००७ देखी गैर आवासीय नेपाली संघ आयरल्याण्डको संस्थापक, अध्क्षय द्दण्ण्ढ(द्दण्ज्ञज्ञ र वर्तमान संरक्षकको रुपमा काम गर्ने मौका मलाई मिलेको छ र मलाई गर्व छ आज यो संस्था नेपालीहरुको भरोसाको केन्द्रबिन्दु बनेको छ। यस अर्थमा, म एनआरएनए का अग्रजज्यूहरु तथा सम्पुर्ण अभियन्ताहरुलाई हार्दिक नमन गर्न चाहन्छु। साथै काठमाडौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा यस संस्थामा रहेर काम गर्ने तीव्र ईछ्या का साथ युरोप सह संयोजकमा उम्मेदवारी दिने घोषणा गर्दै हजुरहरुको साथ, समर्थन र सहयोगको लागि विनम्र अनुरोध गर्दछु । धन्यवाद ।’

शुक्रराज न्यौपाने
संरक्षक गैर आवासीय नेपाली संघ आयरल्याण्ड
उपसंयोजक युरोप, उम्मेदवार

 

वि.सं.२०७४ असोज १८ बुधवार ०९:२९ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...