Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

आयरल्याण्डबाट न्यौपानेले दिए युरोप उपसंयोजकमा उम्मदेवारी



sukra neupaneगैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकमा आयरल्याण्डबाट शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष,  वर्तमान संरक्षक समेत रहेका न्यौपाने आयरल्याण्डमा रहेका अन्य नेपाली संघ संस्थाबाट नेपाली समाजमा सक्रिय भुमिका निर्वाह गरेका छन् । न्यौपानले आफूले एनआरएनए युरोप उपसंयोजकमा आफ्नो उम्मेदवारी दिएको एक प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

यस्तो छ न्यौपानेद्धारा जारी गरिएको प्रेस वक्तव्य
‘नेपाली अभियन्ताज्यूहरुमा हार्दिक नमस्कार । हजुर हरुलाई अवगतनै होला गैर आवासिय नेपाली संघको स्थापना कालदेखि यस संस्थालाई यो उचाई सम्म ल्याउने क्रममा विभिन्न देशका गैरआवासीय नेपालीहरुको ठूलो योगदान रहेको छ र आजसम्म बिभिन्न चुनौतीहरुलाई पार गर्दै नेपाल र नेपालीको हितमा अत्यन्तै राम्रा कामहरु गर्दै यहा सम्म आएको छ । यसै क्रममा यो अभियानमा म २००७ देखी गैर आवासीय नेपाली संघ आयरल्याण्डको संस्थापक, अध्क्षय द्दण्ण्ढ(द्दण्ज्ञज्ञ र वर्तमान संरक्षकको रुपमा काम गर्ने मौका मलाई मिलेको छ र मलाई गर्व छ आज यो संस्था नेपालीहरुको भरोसाको केन्द्रबिन्दु बनेको छ। यस अर्थमा, म एनआरएनए का अग्रजज्यूहरु तथा सम्पुर्ण अभियन्ताहरुलाई हार्दिक नमन गर्न चाहन्छु। साथै काठमाडौंमा हुन गईरहेको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा यस संस्थामा रहेर काम गर्ने तीव्र ईछ्या का साथ युरोप सह संयोजकमा उम्मेदवारी दिने घोषणा गर्दै हजुरहरुको साथ, समर्थन र सहयोगको लागि विनम्र अनुरोध गर्दछु । धन्यवाद ।’

शुक्रराज न्यौपाने
संरक्षक गैर आवासीय नेपाली संघ आयरल्याण्ड
उपसंयोजक युरोप, उम्मेदवार

 


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा