back
CTIZAN AD

वाम एकताले कांग्रेसलाई कुनै असर गर्दैन -पुर्वमन्त्री गुरुङ

वि.सं.२०७४ असोज २४ मंगलवार

924 

shares

suryaman-gurung२४ असोज, काठमाडौँ । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता सुर्यमान गुरुङले वामपन्थीहरु वीचको एकताले कांग्रेसलाई कुनै असर नपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले दशै,तिहार, नेपाल संम्वत् र क्षठ पर्वू २०७४ सालको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गुरुङले वाम पन्चथीहरुको एकताबाट कांग्रेस अत्तिन नहुने धारणा व्यक्त गरेका हुन् ।

शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अथितिको रूपमा बोल्दै पूर्वमन्त्री सुर्यमान गुरुङले बाम एकताबाट काँग्रेसलाई कुनै क्षति नहुनेकुरा राख्दै, विचारले काँग्रेसलाई सधैं बचाई राख्ने धारणा राखेका थिए। ईमानदार संगले पार्टीको आव्हानमा आफुहरूले क्रान्ति गरेको कुरासम्झन्दै, काँग्रेस बुझेको काँग्रेसीहरूले मात्र पार्टीलाई जोकाउँन सक्नेधारणा राख्दै, पूर्व मन्त्री गुरुङले, काँग्रेसले आफ्नो शक्तिलाईचिन्नुपर्ने कुरा राखेका थिए । प्रवासमा बसेर पनि लोकतन्त्रकानिमित्त लागि पर्ने , चिन्ता व्यक्त गर्ने सबैलाई मन्त्री गुरुङले आभार प्रकट गर्दै, अहिले लोकतन्त्र माथि हमला भएकोले सबैलोकतन्त्र बादी शक्तिहरू एक भईरहेको र एकहुनु पर्ने धारणा राखेकाथिए ।

formerminister

विशेष अथितिको रूपमा शुभकामना मन्तव्य राख्दै नेपालीजनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङलेलोकतन्त्र र नेपाली काँग्रेस पर्याय जस्तै भएकोले, नेपालमा नेपालीकाँग्रेसको अझै चारसय बर्ष सम्म महत्व र आवश्यकता भएको धारणाव्यक्त गरेका थिए । अहिलेको पहिलो आवश्यकता काँग्रेसीहरू बीचभावनात्मक एकता हुनुपर्ने विचार राख्दै महासचिव नेम्बाङले काँग्रेसीनेताहरू बीच भावनात्मक एकता भएमा जस्तोसुकै बामएकताले पनिकाँग्रेसलाई जित्न नसक्ने ठोकुवा गर्दै, आफुले पनि नेपालीजनसम्पर्क समिति अमेरिकालाई भावनात्मक रूपमा एक बनाउँन लागि कुनै कसुर बाँकी नराख्ने धारणा व्यक्त गरेका थिए ।

अर्का अथिति नेजस अमेरिकाका कोषाध्यक्ष विजय थुलुंगले, काँग्रेसमाकेही पैसावालहरू, बिजनेसमेनहरू हावी हुनाले संगठनका पुरानाकार्यकर्ताहरूको मनोबल गिरिरहेको कुरा राख्दै यसबाट संगठनलाईबचाँउनु पर्ने कुरा राखेका थिए ।

अन्य वक्ताहरूमा , नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्वउपसभापति मीडंमार शेर्पा, पत्रकार दिनेश जंग शाह, रिजुड नेपालीसमाजका अध्यक्ष रविकिरण कोईराला, काँग्रेस नेता श्याम काजीगुरुङ, एनआरएन अमेरिकाका सह कोषाध्यक्ष पवन यन्जन,जनसम्पर्क समिति न्यूयोर्कका कृयाशिल सदस्य शीव वानीयालगायत थिए भने उपस्थित हुनेहरूमा पत्रकार बिजय पौडेल, छिरिगतोप्के लामा, अनिल पाण्डे, महेश मल्ल, हरीस चन्द्र हमाल, चुण्डीशेर्पा, मोहन श्रेष्ठ लगायत थिए ।

न्यूयोर्क शहरको स्थानीय थकाली किचन ज्याक्सन हाईटमा सम्पन्नभएको उक्त कार्यक्रमको सभापतित्व न्यूयोर्क च्याप्टरका सभापतिरोशन ढुंगनाले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्यगणेश बिष्टले गरेको सो कार्यक्रमलाई च्याप्टरका उपसभापति अमरतामांगले सन्चालन गरेका थिए ।

वि.सं.२०७४ असोज २४ मंगलवार ११:१३ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...