back
CTIZAN AD

धादिङ समाज कोरियाको अध्यक्षमा पुनः अधिकारी

वि.सं.२०७५ माघ २४ बिहीवार

591 

shares

धादिङ समाज कोरियाको अध्यक्षमा पुन : सन्तोष अधिकारी चयन भएका छन ।
समाजको छैटौँ अधिबेशनबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ जलजलेका अधिकारी अध्यक्षमा चयन भएका हुन् ।

कोरियाको राजधानी सियोलस्थित नेपाल हाउसमा फ्रेबुअरी ४ का दिन सम्पन्न छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मनोज थापा, उपाध्यक्षद्धयमा रमेश श्रेष्ठ र गंगा लोहनी, महासचिवमा प्रेम गुरुङ, सचिवमा अतिज बहादुर घले र राम बहादुर आचार्य, कोषाध्यक्षमा सुवास सिंखडा तथा सदस्यहरुमा दिपक थापा काजी, कन्चनश्री आचार्य, दिनेश रिजाल, धुर्ब थापा, रामचन्द्र सिंखडा चयन भएका छन् ।

एनआरएनए आईसिसि कोरियाका प्रतिनिधी प्रकाश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा प्रदेश ३ एकता समाजका अध्यक्ष किश्वर ब्लोन नियोग, एनआरएन कोरियाका उपाध्यक्ष साजन शर्मा र विभिन्न जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

सोहि अवसरमा संस्थाको सामाजिक क्रियाकलापमा उत्कृष्ट कार्य गर्नेहरुलाई उत्कृष्ट अवार्ड सहित सम्मान गरिनुको साथै रिदम लाईभ कन्सर्ट तथा सांगीतिक धमाकामा सहयोग गर्ने सहयोगीहरुलाई कदरपत्र हस्तान्तरण र संरक्षक तथा सल्लाहकारहरुलाई सम्मान पनि गरिएको थियो ।

कोरियामा पाँचसय भन्दा बढी धादिङेहरु रहेका छन । स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आईरहेको धादिङ समाज कोरियाले आगामी दिनमा पनि धादिङ जिल्लाका लागि नमूना कार्यहरु गर्दै अघि बढने अध्यक्ष अधिकारीले बताएका छन् ।

वि.सं.२०७५ माघ २४ बिहीवार ११:११ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...