
प्युठान स्वर्गद्वारी समाज युएईको प्रथम अधिबेशन ७ जुनमा सम्पन्न भएको छ ।
नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्य र समाजका संस्थापक अध्यक्ष दुजमान सुनारको सभाध्यक्षतामा सम्पन्न अधिबेशनले आगामी दुई वर्षको लागि प्युठान स्वर्गद्वारी समाज युएईको नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको अध्यक्षमा हेमन्त घिमिरे, उपाध्यक्षमा भीम सुनार, महासचिवमा जे.बी.जिसि, सचिवमा तिलक बुढामगर, सहसचिवमा चन्द्र सुनार, कोषाध्यक्षमा विक्रम विष्ट सहकोषाध्यक्षमा ठगेन्द्र सुनार र सदस्यहरुमा उर्मिला रोक्का, विन्दु शाह, शान्तामणि पुलामी, लालमणि पच्छाई, कमलसिह पुनमगर, खिमबहादुर विष्ट, महेश केसि, दिनेश केसि, ठाकुर थापा, तेजपाल कुँवर, झसेन्द्र शाह, गुरुप्रसाद पोखरेल, विशाल बस्नेत, मुक्तिप्रसाद पाठक, बालचन्द्र पौडेल र हिरा परियार सर्वसहमत निर्वाचित भएका छन् ।
समाजको संरक्षकमा दुजमान सुनार, प्रमुख सल्लाहकारमा इमानसिह केसी चयन गरिएका छन् ।
वि.सं.२०७६ जेठ २६ आइतवार १६:१५ मा प्रकाशित






























