back
CTIZAN AD

बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति

वि.सं.२०७६ भदौ ३१ मंगलवार

957 

shares

३१ भदौ, लण्डन ।  बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उनीहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेजिक्टसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत भएका छन् ।”

लक्जेम्वर्गमा दुई नेताहरूको प्रत्यक्ष भेटवार्तापछि प्रधानमन्त्री कार्यालयले उनीहरूको भेटवार्ताका बारेमा जानकारी दिएको हो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जारी गरेको वक्तव्यमा जोनसन र यङ्करकोे बैठक “सकारात्मक” भएको उल्लेख गरिएको छ । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयका विभिन्न पक्षका बारेमा उनीहरूले छलफल गरेको कार्यालयले जनाएको छ ।

ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप जोनसनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गरेका हुन् । जोनसनको यो भेटलाई कतिपयले परामर्श बैठकका रूपमा पनि लिएका छन् । उक्त भेटमा आफूहरूले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष यङ्करलाई जानकारी गराएका थिए

प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनका थिए, “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिनेछ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।”

युरोपियन युनियनको संसद्ले भने आगामी हप्ता यस विषयमा मतदान गराउने तयारी गरेको छ । यसैबीचमा प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्नेछ । बेलायतको संसद्मा अधिकाश सांसद बे्रक्जिटको विपक्षमा रहेकाले उनको पक्षमा जनमत आउने संभावना न्युन देखिएको छ

बेलायत र युरोपका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री जोनसनलाई बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने काम काम पूरा गर्न निकै कठिन देखिएको उल्लेख गरेका छन् ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार १०:०६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...