back
CTIZAN AD

चुनावको बेला मात्र होकी अरु बेला पनि हुन्छ एनआरएनए मजदुरमैत्री ?

वि.सं.२०७६ असोज १ बुधवार

1.2K 

shares

चुनाउमा खालि मजदुरका भोट बटुल्न मात्र मजदुर मैत्री नारा लगाएर हुदैन । सकिन्छ भने आफुले पहिला आफुले काममा राखेको मजदुरलाई उसका हक अधिकार सुनिस्चित गर्नुहोला अनि मात्र मजदुर मैत्री बनाउने भन्न सुहाउछ ।

मजदुर मैत्री एनआरएनए भन्ने हल्ला व्यापक सुनिन्छ चुनाउको बेला मात्र हो कि के अरु बेला पनि मैत्री भै बस्छ मजदुर को लागी ? एनआरएनए को विश्व भरी को नारा यस्तै हो कि ? कोरियाको मात्र हो ?

प्रायः एनआरएनए मा उमेदवारहरु मध्ये धेरै जसो कुनै न कुनै व्यवसाय संचालन गरेर बसेको व्यापारी वर्ग ज्यादा हुनुहुन्छ होला किन कि उमेदवार ले उमेदवारी दर्ता गर्न लाग्ने फिस नै मजदुर मैत्री छैन र मजदुरले उक्त फि भरेर उमेदवारी दिन पनि सोच्नु पर्छ । एनआरएनएको फि प्रती कुनै आपत्ति छैन यो चारै गुना भए पनि वास्ता छैन । अहिले कोरियामा आफ्नै देशको साहुको हातवाट ठगिने गरेका गुनासोहरु धेरै आउने गरेका छन तलब पुरा नदिने, दिए पनि पछि खाताबाट हेण्ड केस फिर्ता लिने, लामो समय तलब बिदा नदिई काममा लगाउने थ्यैजिगुम ओभर टाईम भत्ता अन्य सेवा सुबिधा को त के कुरा गर्नु बिदा माग गर्दा गालिगलौच गर्ने, कतिपयलेत बोलाई दिएबाफत १०/१५ लाख नेपाली उतै लिने अनि मात्र ल्याईदिने गरेको पनि छन भनिन्छ ।

जव एनआरएनएहरु आफ्नै व्यवसायमा काममा लगाएको मजदुरमाथी सोषण गर्छन भने चुनाउमा खालि मजदुरका भोट बटुल्न मात्र मजदुर मैत्री नारा लगाएर हुदैन । सकिन्छ भने आफुले पहिला आफुले काममा राखेको मजदुरलाई उसका हक अधिकार सुनिस्चित गर्नुहोला अनि मात्र मजदुर मैत्री बनाउने भन्न सुहाउछ । आफ्नो कामदारको शोषण गर्ने अनि बाहिरको चाहि मित्र बनाई दिने । यो कुनै एक व्यक्ति प्रती लक्षित होइन चलिआएको चलन प्रती लक्षित छ । नभए मजदुरमैत्री नारा नराख्नु होला अरु जुनसुकै एजेन्टा उठानु होला वास्ता भएन यदि मजदुर मैत्री भन्नु हुन्छ भने आफ्नो व्यवसायबाट शोषित पिडित मजदुरलाई आफुबाटै सुधार गरि मजदुर मैत्री बनि दिनुहोला ।

कोरियामा इपियसबाट आउने श्रमिकलाई मात्र होइन कि अरु भिषामा आउने प्रवासी श्रमिकलाई पनि आफ्नो साहुले तलव नदिएमा ,तलव छलेर दिएमा, लामो समय काम लगाएर उचित तलब नदिएमा, तोकिएको समय भन्दा ज्यादा काम गराएर ओभर टाईमको हिसाब नगरेमा , थ्यैजिग्म नदिएमा प्राप्त गर्न उजुरी गर्ने अधिकार छ्। आफ्नो हक अधिकार प्रती सचेत बनौ ।

वि.सं.२०७६ असोज १ बुधवार २१:२४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...