back
CTIZAN AD

श्वेतपत्र जारी गर्दै सरकारले भन्योः ‘बाबुराम र गच्छदारले ट्रष्टको जग्गा व्यक्तिलाई दिने निर्णय गरे’

वि.सं.२०७६ फागुन १३ मंगलवार

831 

shares

१३ फागुन, काठमाडौं । नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले एक श्वेतपत्र जारीगर्दै डा बाबुराम भट्टराई र विजय गच्छदारले ट्रष्टको जग्गा व्यक्तिलाई दिने निर्णय गरेको दाबी गरेका छन् । मंगलबार जारी गरेको श्वेतपत्रमा करिब ७ वर्षअघि तत्कालिन डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदबाट १७२ रोपनी १५ आना जग्गा मोहीका नाममा कायम गरिएको जनाइएको छ । उक्त जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालिएको उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले जानकारी दिए ।

बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा उनीहरुको हकवालाका नाममा नामसारी गरिएको दाबी गरिएको छ ।

बाबुराम सरकारले मोही खडा गरेर दिएको नेपाल ट्रष्टको जग्गा कानून बमोजिम ट्रष्टकै नाममा एकलौटी हुने दाबी गरिएको छ । ट्रष्टले यसबारेमा अध्ययन गर्न गठित समितिले २०७६ जेठ ७ गते पेश गरेको प्रतिवेदनमा भूमी सम्बन्धी ऐन, बमोजिम नेपाल सरकारको स्वामित्वमा भएको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने उल्लेख छ ।

भट्टराई सरकारले नेपाल ट्रष्टको नाममा कायम भइसकेका जग्गाहरु व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल ट्रष्ट ऐन, २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरे बमोजिमको प्रकृया पूरा गर्नुपर्नेमा सो प्रकृया पूरा गरेको नदेखिएको समेत समितिले राय दिएको छ ।

त्यसैले मोही कायम भएका काठमाण्डौं जिल्ला साविक मातातिर्थ, थानकोट, हादेवस्थानलगायत गाविस स्थित नेपाल ट्रष्टको जग्गा पूर्ववत अवस्थामा नेपाल ट्रष्टको नाममा कायम हुन आवश्यक देखिएको सरकारको ठहर छ ।

यसैबीच बालाजु वडा नम्बर १७, इचुंगमा रहेको नेपाल ट्रष्टको १० रोपनी ६ आना जग्गा पनि २०६९ भदौ १ गते तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले निणय गरी मोहीको नाममा नामसारी भएको श्वेतपत्रमा उल्लेख छ ।

प्रचलित कानूनमा रही गोकर्ण रिर्सोटको म्याद थपिएको होः उपप्रधानमन्त्री पोखरेल

 

वि.सं.२०७६ फागुन १३ मंगलवार १६:५७ मा प्रकाशित

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...