back
CTIZAN AD

एनआई सी एशिया क्यापिटलको सेवामा विशेष छुट योजना

वि.सं.२०७६ फागुन २३ शुक्रवार

1K 

shares

२३ फागुन । एनआईसी एशिया क्यापिटल लिमिटेडले तीन वर्ष पुरा गरेको अवसरमा फागुन २२ गतेदेखि सेवामा विशेष छुट योजना ल्याएको छ ।
क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको हो । जसअन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म निःशुल्क रुपमा हितग्राही खाता खोलि दिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटल परिवारले क्यापिटलमा हितग्राही खाताखोली शेयर कारोवार गर्ने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS)  सेवा लिइरहेका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखीउच्च कोटिको सेवाउपलब्ध गराउन सदैव कटिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहँदा समेत एनआई सी एशिया क्यापिटल संचालनमा आएको तीनवर्षको छोटो अवधि मै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरु :
 मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
 निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।
 लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
 नेपालमै पहिलो पटक IPO ३७ घन्टनमा बाँडफाँट गर्न सफल ।
 सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।
 शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाई उत्कृष्ट सेवाप्रदान गरिरहेको ।
 म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
 नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १६:०५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...