back
CTIZAN AD

मुक्तक

वि.सं.२०७६ फागुन २४ शनिवार

1.1K 

shares

(१)
जब धरतीले प्रभातमा सूर्यको न्यानो साथ पाउँछ
तब सगरमाथा पनि हेरेर मुसुक्क मुस्कुराउँछ
यहाँ प्रकृतिको अनौठो सृष्टि लीला देखेर होला
चरीले पनि हृदय छुने मिठो प्रेमिल गीत गाउँछ ।
(२)
धैर्य, स्वाभिमान, उत्साहले धरतीमा झुलाउनु छ
हिमालको अभेद्य किल्लाभित्र फूल फूलाउनु छ
सादा जीवन, उच्च सोच विचारको मन्त्रलाई
शिरोधार्य गर्दै सत्मार्गको बगैंचा डुलाउनु छ ।
(३)
निधार समाउदै भन्नुहुन्छ समयले किन छल्छ ?
समयलाई दोष नदिनुस् आफ्नै गतिमा चल्छ
गरिबीको खिल्ली उडाउदै अट्टहास नगर्नुस्,
खहरेले बगाएको बग्रेठो मै हिरा मोती फल्छ ।

(४)
युवाहरूको पसिना खाडी मुलुकमा पोखिनु हुन्न
परिश्रम र इज्जत धन दौलतमा जोखिनु हुन्न
राष्ट्रियताको ज्योति बाल्दै मानवतालाई ब्युँताउन
गन्तव्यमा पुग्न यि गोडाहरू अब रोकिनु हुन्न ।
(५)
हरेक दिन प्रभातले उषा किरण छोडिदिन्छ
किरणसँगै चेतनाले मन मस्तिष्क गोडिदिन्छ
शब्द–शब्दमा रसराग भर्दै, रङ्गीन माला बुन्दै
साहित्य सिर्जनाले टुटेको मन जोडिदिन्छ ।

चापाकोट नगरपालिका-३,स्याङ्जा

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:३६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...