१
टुक्रियो बलिदान,
शोषक बन्दै नेतृत्व,
विश्वासमा कुठाराघात !
२
सत्य रोई रहेछ !
न्यायको कठघरामा !
कस्तो मञ्चित छ दुनियाँ ।
३
कोमल त्यो हृदय,
पाषाण ती शब्दहरू !
बेमेल पो त्यो ब्यक्तित्व !!
४
सुदूर सिटामोल !
नेतालाई बिबेक !!
आमालाई एक सपूत ।
५
मपाई का ती झुन्ड !
मिलिजुली बिलो लाउ !
बिर्ता बनाए पदाशिन !!
वि.सं.२०७६ फागुन २४ शनिवार ०९:४० मा प्रकाशित