back
CTIZAN AD

एसइई परीक्षा नरोकिने भन्दै शिक्षामन्त्री पोखरेलले गरे यस्तो अनुरोध

वि.सं.२०७६ चैत ४ मंगलवार

984 

shares

४ चैत, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षाको सबै तयारी पूरा भइसकेको भन्दै   परीक्षा नरोकिने बताएका छन् ।

फागुन ६ गतेदेखि सुरु हुने माध्यमीक शिक्षा परीक्षा एसइई नरोकिने जानकारी दिँदै मत्री पोखरेलले परीक्षा सन्चालनको सबै तयारी पूरा भएको भन्दै यस्तो अपिल गरेका हुन् ।

मन्त्री पोखरेलले प्रयाप्त सावधानी अपनाएर परीक्षा सन्चालन र व्यवस्थापन गर्न लागिएको अपिल गर्दै विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्के राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको समेत जानकारी दिएका छन् ।

चैत ६ गतेदेखि १७ चैत सम्म सन्चालन हुने एसइई परीक्षाका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ भने, देशभरीका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

सबै परीक्षा केन्द्रमा एक\एक वटा आइसोलेसन वार्ड राखिने जानकारी यसअघिनै दिइसकेको स्वास्थ्य मन्त्रालयले विद्यार्थीहरुलाई साबुन पानीले हात धुन, मास्क लगाउन, भिडभाडमा नजान, एकअर्कासँग हात नमिलाउन तथा अंकमाल नगर्न समेत अपिल गरेको छ ।

मन्त्रालयले कोरोनाको जोखिम र त्यसले पार्न सक्ने प्रभावलाई मध्येनजर गर्दै १ देखि ९ कक्षा सम्मको परीक्षा चैत ५ गते सम्म सक्ने गरी दिएको निर्देशन अनुसार भोली सम्पन्न हुँदैछ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १७:०९ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...