
दर्शन र सँस्कृतीका दृष्टिले संसार दुई भागमा बाँंडिएको छ । पूर्विय दर्शन र सँस्कृतिले पश्चिमाहरूको जीवनशैली, जीव्वनप्रतिको दृस्टिकोण र सँस्कृतिलाई हीन देख्छ । पश्चिमाहरू यो मामलामा अझ बढि नै आक्रामक छ्न । उनिहरूले वर्षौँदेखि हिन्दु र बौद्ध धर्म भन्दा इसाई धर्म उन्नत, पुर्विय संस्कार भन्दा पश्चिमा जीवनशैली विकसित र वैज्ञानिक भनेर दाबीमात्र गरेका छैनन, त्यसलाई प्रमाणित गर्न समेत कुनै कसूर छोडेका छैनन् ।
हामी बुझौं या नबुझौं उनिहरूले हिजोदेखि आजसम्म पूर्विय मुलुकहरूमाथी गरेका सम्पूर्ण आक्रमण, शासन र शोषण वास्तवमा पूर्विय सभ्यता विरूद्धका हमला हुन् । पूर्वी गोलार्धका देश, सभ्यता, सँस्कृति, खानपिन र जीवन शैलीलाई घृणाका आँखाले हेर्ने पश्चिमा राष्ट्रहरूले जुनसुकै बहानामा कोरिया, अफगानिस्तान, इरान, इराक, रूस, चीन, भियतनाम आदि मुलुकमाथि गरेका युद्ध र आक्रमणको अन्तस्प्रेरणा दर्शन र शभ्यता नै हो । वर्तमान विश्वका रूस, चीन, इरान र उत्तरकोरिया जस्ता मुलुकहरू विरूद्ध भैरहेका विभिन्न खाले प्रहारहरू पनि त्यही विभाजनका परिणाम हुन् ।
चीनको वुहानमा पहिलो पटक देखा परेको कोभिड-१९ ले पश्चिमा दृष्टिकोणमा थोरै भएपनि परिवर्तन ल्याईदिएको छ । पूर्विय मुलुकहरूले उक्त भाइरस विरूद्ध जुन लडाईँ लडे, पश्चिमाहरूले त्यो लडाईँ लड्न सकिरहेका छैनन् । फलतस् कोभिड-१९ को मृत्यूदायी पन्जा दक्षिण एसियाली मुलुक, मध्य पुर्वी राष्ट्र तथा दक्षिण पुर्वी एसियाली मुलुकहरूको तुलनामा पश्चिमा मुलुकहरूमा बलियो हुँदै गैरहेको छ । विज्ञानले अध्य्यन अनुसन्धान गर्दै जाला । एसियाली मुलुकमा कोभिड-१९ नियन्त्रण उन्मुख हुनु र पश्चिमा मुलुकहरूमा अनियन्त्रित हुँदै जानुमा दर्शन, सँस्कृती र जीवनशैलीको ठूलो योगदान रहेको छ ।
हालैका दिनमा कोभिड-१९ आक्रान्त पश्चिमा दृष्टिकोणमा हालैका दिनमा एउटा परिवर्तन आएको छ । यो परिवर्तन सम्पूर्ण विश्वकै लागि सुखद् सावित समेत हुने छ । केही दिन यता पश्चिमी सामाजीक सन्जालमा भाइरल भएको यो पोस्टबाट उनिहरूमा आएको परिवर्तनलाई ठम्याउन सकिन्छ ।
कोभिड– १९ ले सिकाएका कुरा :
१) अब अमेरिका महाशक्ती राष्ट्र रहेन ।
२) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् ।
३) रूसी राष्ट्रपती भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन ।
४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ ।
५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन ।
६) युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न ।
७) थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।
८) बालबालीकालाई विशेष प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ।
९) उपभोक्ता छैनन भने जाबो तेल भन्ने कुरो त केइ रहेनछ ।
१०) यो मृत्यु भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केइ नभन्ने रहेछ ।
११) फेरि यो मान्छे भन्ने जन्तु एकदम अवसरवादी र निच हुँदोरहेछ । मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दा रहेछ्न ।
१२) हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ १
१३) सामाजीक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ । तर सन्त्रास पनि त्यत्त्यिकै बढाउने रहेछ ।
१४) बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो ।
१५) आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केइ नआउने रहेछ ।
१६) यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् ।
१७) स्वास्थ्यकर्मीहरू एक्लै छन्, उनिहरूलाई कसैले वास्तै गरेका छैनन् तर उनिहरू रोग विरूद्ध लडिरहेकै छन् ।
१८) कुनै पनि पादरी, इमाम (मुस्लिम धर्म गुरू) र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन् ।
१९) यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ ।
२०) धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ ।
२१) मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्बस्थितिमा पुग्ने रहेछ ।
२२) हामी सँग त महामारीका लागि कुनै तैयारी रहेनछ ।
२३) नेताहरू त जनताको ज्यानै मारेर पनि विरोधिको खुट्टा तान्दा रहेछ्न ।
२४) हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ ।
वि.सं.२०७६ चैत १७ सोमवार २१:५२ मा प्रकाशित