back
CTIZAN AD

कविता: पुकार

वि.सं.२०७७ फागुन २९ शनिवार

648 

shares

नेता हो किन हुन्छ व्यर्थ झगडा मिल्दै नमिल्ने किन
केही छैन सुकार्य देश हितमा व्यर्थै गयो जीवन
भन्थ्यौ बेघरबार आर्त जतिछन् तिन्का हुनेछन् घर
छैनन् खै सब रोजगार अहिले जान्छन् सबै बाहिर ।।१।।

खेतीगर्न किसान छैन जमिनै दिन्छौँ भनेका थियौ ?
मात्रै लड्न सिक्यौ विकास नगरी खै शान्ति नै के दियौ ?
झुट्टा भाषणले हटेन गरिबी झन् देश रित्तो भयो
नेता सांसद नै हजार जतिछन् धान्नै नसक्ने छ यो ।।२।।

हाम्रो देश बनाउँछौँ अब नयाँ नेपाल भन्थ्यौ अघि
भन्दैथ्यौ पहिले अहो ! कसम भो आमा लुटायौ हगि ?
नेताले कति बोल्न सक्छ झुट नै हाम्रो गयो जीवनी
यी सारा झुट फाल्नु पर्छ जनता नेपाल होला धनी ।।३।।

ती हीरा सुन खानि माथि गरिबी भोकै र नाङ्गै रुँदै
हाँस्दै बस्छ हिमाल मन्द गतिले दुष्कर्म त्यो सम्झँदै
नेता छैन यहाँ दलाल जतिछन् आफ्नै भुँडीमा भरे
आमाले अब एक पुत्र गतिलो दिन्छ्यौ कि आशा गरेँ ।।४।।

माटो यो मलिलो छ यो मुलुकको श्रीखण्ड खेती हुने
देशै लुट्न तयार हुन्छ त भने ज्यानै पनि सुम्पिने
लोभी तुच्छ हटाउँदै मुलुकको इन्सान राख्ने गरी
धर्तीपुत्र महान् उमार जननी लौ गर्भ आफैँ धरि ।।५।।

छन्द: शार्दूलविक्रीडित

 

वि.सं.२०७७ फागुन २९ शनिवार ०५:५५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...