back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ फागुन २९ शनिवार

1.1K 

shares

१.
कहाँ महल लगायौ तिमीले वारि पारी बेचेर
तिमीले राम्रो गरेनौ बाबु खेत बारी बेचेर
आज अंशवण्डा माग्दैछौ बुद्ध आमा संग,
नबिर्स हिजो हुर्काएकि हुन त्यहि खेतको तरकारी बेचेर ।


हिजो लाग्थ्यो तिमी फूलको कोपिला जस्तै
आज भईछ्यौ मुटुमा बिझ्ने किला जस्तै
तिमीलाई हतार थियो दुलही बन्न रहर,
मेरो बाध्यताले बनायो आज ढिला जस्तै ।


साहित्य हुदैन अर्कैको शब्द आफ्नो कलम बोकेर
आफुलाई बिज्ञ नठान तिमी खाली मलम बोकेर
तिमी भन्दा पनि होसियार धेरै हुन सक्छन यहाँ,
जालमा पार्न नखोज रसी, दाम्लो, गलम बोकेर ।


तिमी आकाश छुने मान्छे मेरो उडाउने कला छैन
मेरो सम्पत्ति भनेकै यही झुप्रो हो कुनै बंगला छैन
तिमी मेरो मायाँ प्रेमको बदनाम गरेर हिडेपछि,
सौभाग्य रहेन सुन्दर पोते सुहाउने तिम्रो गला छैन ।


नजर छुपाई हिडे पछि आफ्नै पति बाट
खै ! के भर पर्नु अब आफ्नै श्रीमती बाट
मायाकोलागि मूल्य चुकाउनु सकिन शायद,
हरेस खादैछु आज आफ्नै प्रगति बाट ।।

वि.सं.२०७७ फागुन २९ शनिवार ०५:५८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...