back
CTIZAN AD

कविता: यथार्थका छापहरू

वि.सं.२०७७ फागुन २९ शनिवार

750 

shares

जिन्दगीको बगरमा बगिरहेछ
विशाल नदिहरू
एकमा दुःख र अर्कोमा सुख

नदिहरू भेट हुनेगर्छ
समयको दोभानमा
र संगै अङ्गालो मारेर दगुर्छ

तर,
जिन्दगी कति स्वार्थी छ
सुखहरू अङ्गालेर
दुखलाई पन्साउन खोजिरहन्छ पर–पर

सुख र दुःखको समिश्रण नै ‘जिन्दगी’ हो
भनेर सम्झाउँदाको हत्तु – हैरान

अनि त समयले पढाउँछ पाठ
जिन्दगीलाई
ढुक्ढुकीहरू छाम्दै–छाम्दै

कहिले खोल्चा बनेर बग्छ
आँसु र भोक
सपना र अप्राप्ति

कहिले कुलो बनेर बग्छ
प्रेम र धोका
आकांक्षा र रहर

त कहिले झर्ना बनेर बग्छ
रोदन र हाँसो
गरीबि र खुसी

अन्तमा जम्छ समुंद्र
त्यहींबाट निस्किन्छ एउटा ‘हिरा’ जिन्दगी !!

 

वि.सं.२०७७ फागुन २९ शनिवार ०६:०२ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...