Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

कथाः क्रान्ति



खिमाले घाँसको भारी बिसाई र भित्र दलानमा थचक्कै बसि । बनबाट घाँसलिएर आउँदा ज्यान लुथ्रुकै थाकेको थियो । उस्तै उस्लाई तिर्खा पनि खुबै लागेको छ । आमा आएको देखेर छोरीले लोटामा मोही ल्याएर टकार्छे । उ पनि भर्खरै स्कुलबाट आएकी हो । बाहिर हुरी बताससँगै पानीको छिटा पर्न थाल्यो ।

खिमाले मोही पिएर लोटा रित्ताई दिन्छे र नजिकै चार्जमा लगिएको मोवाईल फोन हातमा लिएर खोल्छे । उस्को दृष्टी एउटा ब्यक्तिको स्टाटसमा पर्छ त्यसमा लेखिएको थियो ।

‘अब फेरि क्रान्तिको नेतृत्व गर्छु मैले’ त्यो पढेपछि उस्का आँखा बिस्तारै भित्तामा टाँगेको एउटा तस्विरमाथि पुगेर अड्कियो । त्यो उस्को दाइको तस्विर थियो, जस्मा केहिदिन पहिले लगाइदिएको माला सुकिसकेको थियो । खिमाको त्यो एउटा मात्र दाइ थियो ।
हँशमुख बलियो र लडाकु लाखौमा एउटा लाग्थ्यो उस्लाई ‘मोटु’ उस्ले दाइ भन्दा मोटु भन्न रुचाउथी । कति माया थियो यि दुबै दाइ र बैनाको बिचमा ।

उस्का आँखा राता–राता हुन्छन् अनि बिस्तारै आँखाबाट आँसुका मोति जस्ता ढिका खस्छन् ।
त्यो तस्विरबाट उस्को दृष्टी हट्दैन । मोटु धेरै बलिया थिए,अनि मिहेनती पनि ! सानैमा आमा बा को निधन भएपछि उनीहरूले मिहेनत मज्दुरी गरेर गुजारा गर्दै आएका थिए । अलि बर्ष सानो छँदा दिदिका घरमा बसेको मोटुले काम गर्न थालेपछि आफ्नै घरमा फर्केका थिए । त्यो बेला देशमा माओवादी जनयुद्ध चलेको थियो । धेरैलाई चिन्न गाह्रै हुन्थ्यो को माओवादी हो र को हैन भन्ने ।

नजिकै बस्ने एकजना पातलो ज्यान भएको अंकल कैले कसो घरमा आउँने जाने गर्थे । उन्को कुरा अलि चिप्ला खालका हुन्थे । अगाडिका दाँत बाहिरतिर निस्केका उनि बोल्दा पनि हाँसेको जस्तै देखिन्थे । मोटुलाई घरि घरि राम्रो गर्या जस्तै गर्थे । ‘बाबु तिमित मेरा छोरा छोरी जस्तै हौँ’ भन्दै दिनदिनै मिठा मिठा कुरा गर्थे । उन्लाई धेरैले अंकल भन्ने गर्थे । उनको घरमा को–को थिए खिमालाई थाहा थिएन । उनको बारेमा उनिहरुले खासै सोधपुछ गर्दैनथे । खिमालाई उनि त्यति गतिला जस्तो लाग्दैन थ्यो । तर, मोटु भने उनैको तारिफ गथ्र्यो ।
पछि भुमिगत रुपमा मोटुलाई उनैले संगठित गरेका हुन् । क.हरी नाम गरेका त्यो ब्यक्तिलाई उनीहरुले अंकल भनेर संबोधन गर्थे । मोटुको नाम फुर्शे थियो पछि क.फुर्शदबाट चिनियो ।

खिमालाई मोटुले केकाम गर्छ भन्ने जानकारी थिएन । बिस्तारै त्यँहा केहि युवाहरु आउन थाले र राति त्यहीँ खाने र बासा बस्न थाले । उनीहरु आएपछि क.फुर्शदले बहिनीलाई आफ्नो कोठामा वा कहिलेकसो नजिकैको घरमा बस्न पठाउँथ्यो । राति कसैले न देख्ने गरि क.हरी अंकल पनि उस्का घरमा जान्थे । खिमाले यो कुरा कसैसँग भनिन, मोटुले कसैलाई नभन्नु बैनी भनेर संझाउँथे । उस्लाई छिट्टै त्यो टिमको कमाण्डर चुनेछन् । पछिका दिनहरुमा कमान्डर भनेर सम्बोधन गर्दा खिमाले थाहा पाएकी थिई ।

यो गैङ्गमा राम्रा कुन नराम्रा कुन भन्ने बारे बुझ्न कठिन हुँन्थ्यो । कहिलेकसो खिमालाई पनि क्लासमा बस्न भन्थे तर खिमालाई उनिहरुको आफ्नो घरमा उपस्थित नराम्रो लाग्थ्यो । त्यसैले पछिका दिनहरुमा खिमा उनिहरुको कलाशमा बसिन । उ पनि सोह्र सत्र बर्ष कि युवा थी ।
एकदिन अचानक मोटु हरायो उस्ले घरमा पनि केहि भनेन तर केही आफुलाई काम्रेड भन्नेहरु दुई तीनजना मोटुसँग अर्कोदिन साँझ पख आए । उनिहरुसँग रुपियाँका गड्डि र केही बन्दुक पनि खिमाले देखेर जिब्रो टोकी । उनिहरुले त्यसमध्येका केहि गड्डि आपसमा बाँटे अनि भात मासु पकाएर खाए । त्यो राति त्यँही सुते । खिमा उठ्ने बेला उनिहरु घरमा थिएनन् । अंकल आएर मोटुलाई सोधे तर खिमालाई केहि नभनेकोले उस्ले अनभिज्ञता जाहिर गरी । अंकलले ब्याङ्यात्मक सैलीमा भने,–‘तिमिलाई सबै थाहाछ तर तिमिले भन्दैनौँ !’ होईन अंकल हजूरलाई किन ढाँटुला मैले मलाई साँचै भनेन् दाईले ! भनेपछि उ हरी अंकल नबोली नबोली गन्तब्यतर्फ गयो ।

यस्तो आँख मिचोलीको खेल केहि दिन सम्म चल्यो । खिमालाई केहो भन्ने भनकनै भएन । किन भने मोटुले उस्लाई केहि भन्दैनथ्यो । उ पहिलेको जस्तो हँसमुख मिजासी देखिदैनथ्यो बरु अलि गम्भीर खालको भएको थियो । उस्ले अब यता उता जाँदा बन्दुक बोकेरै जान्थ्यो । उस्को ब्यबहारले खिमा पनि हैरान देखिन्थी । उ मोटुलाई ‘दाइ के काम गर्नुहुँन्छ हजूरले’ भनेर सोध्थी तर मोटुले खिमा तिर हेरे खिसिक्क हाँस्दै कुरा अन्तै घुमाई दिन्थ्यो ।

आखिर एकदिन प्युठानको कुनै चौरमा मोटुलाई प्रहरीले घेरा हालेछन् । त्योदिन मोटु एक्लै थियो । प्रहरीहरुसँग पुरै टिम थिए तर पनि उस्ले सकेसम्म मुकाविला गरेर दिनभरी उनीहरुकोे सातो उडायो । पछि मोटुलाई एउटा गोली लाग्यो अनि उस्लाई पोलिसले घेरेर उसँग भएको रित्तो बन्दुक खोसेछन् । अनि उस्लाई अमानबिय तरिकाबाट पहिले आँखा फोरे अनि हात भाँचे त्यो क्रु–दमन गरेर उस्लाई बिस्तारै उस्को सरिरबाट मासु काटे त्यसरी त्यसको हत्या गरेछन् ।

मोटु धेरै बलियो नौजवान थियो । उस्ले कयौँ लडाई सफलतापूर्वक लडेको थियो । अहिले एक्कासि उ एक्लै कुनै कामले गएको बेला अकस्मात् हमला गरेर उस्लाई सिद्धाएका हुन् ।

त्यो अंकल भन्निने क.हरीको बद्मासि हुँन सक्ने खिमालाई लाग्यो । तर लागेर के गर्ने उस्को खिलाफ कोसँग सिकायत दर्ता गर्ने । आफ्नो दाजु मरेपछि अब उ अनाथ मात्र भइन बेसहारा र जीवन निर्वाहको लागि पनि ठुलो समस्या पर्यो ।

‘आमा..खाजा खान आउँनुस् ! छोरीले खाजा तयार पारी सकेकी थि । खिमालाई छोरीको आवाजले झसङ्ग पार्यो । उस्का आँखाबाट अहिलेपनि आँसु बगेकै थियो । ‘आमा के भयो हजूरलाई, किन आँसु आएकाछन ?’ छोरीले सोधिन् । ‘होईन त्यत्तिकै आँखामा केही परेको थियो पानिले धुन्छु’ भन्दै लोटाको पानीले मुख धुन्छीन खिमा ।

आखिर बन्दुकको के दोष त्यो निर्जिब बस्तु अपराधिको हातमा पुगे सोझा निर्दोषको हत्या गर्छन् । न्यायको हातमा पुगे अन्यायको हत्या गर्छन् । उस्ले मनैमनमा त्यही सोँच्छे । अनि दोष यस्तै खाले नेताको त हुन्छ जस्ले आफ्नो स्वार्थको लागि अर्काको जीवनलाई अन्धकारमा धकेल्छ ।अहिले पनि त्यो स्टाटसले मोटुहरु जन्माउँने र मार्ने नगर्ला भन्न सकिदैन । खीमाले मनमा त्यहीँ सोचिरहेकी हुन्छे ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला