back
CTIZAN AD

कविता: वास मनमा

वि.सं.२०७७ फागुन २९ शनिवार

633 

shares

जपें शम्भो शम्भो तनमन सँगै एक मनले
जपेकी हो मैले बहुत शिवको नाम तनले ।
बसेका छौ भोले गिरिशिखरमा साथ जननी
तिमी नै हौ प्यारा सकल जनको दिव्य रजनी ।

खरानी सेताम्यै हरपल सफा अंग भरमा
बगेकी छन् गंगा कलकल सफा मूल छ जटा ।
गलामा छन् ज्यूँदा सलबल सदा नाग गहना
लिएका छौ सारा भुवन प्रभुले हात भरमा ।

छ बेरेको छाला अभय पशुको कम्बर भरी
बलेका छन् तिम्रा सकल बदनै झल्मल गरी ।
भयो तिम्रो प्यारो अ्अल विष औ भाङ धतुरो
सखी मातालाई हरपल तिमी छल्न चतुरो ।

हुँदा तिम्रै आज्ञा समय क्रमले चल्दछ सदा
तिमी नै हौ गंगा हरपल यहाँ बग्दछ सफा ।
जपें मैले शम्भो हरहर सदा प्रात पखमा
मलाई देऊ है शरण प्रभुको काख तनमा ।

सदा गर्नूस् मेरो हृदय नभमा वास प्रभुले
हटाऊ यी सारा कलुषपन अज्ञान प्रभुले ।
सदा होस् शम्भोको जय जय सदा होस् भुवनमा
सदा होस् शम्भोको सकल जनको वास मनमा ।

छन्द: शिखरेणी

वि.सं.२०७७ फागुन २९ शनिवार ०६:३९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...