back
CTIZAN AD

कविता: कुरुप फूलहरुको कथा

वि.सं.२०७७ चैत २१ शनिवार

867 

shares

एउटा सुवास्नायुक्त
फूलले जुन दिन
आफुलाई
फूलहरुको राजा
उही हो भनि घोषणा गर्यो
हो, त्यसैदिनदेखि
शुरु भयो युद्ध
फूलहरु बीच
समानतीवादको हुरी चल्यो
फूलहरु कुरुप बने ।

फूलले घाम जिस्काउँथ्यौ
फूलले भँमरा पाल्थ्यौ
फूलले मन्दिरको दैलौ टेक्थ्यो
फूलले प्रेमिल चुम्बन गर्थ्यौ।

कुरुप मानिएका
ती फूलहरुले
जब एकमुट्ठी घाम माँगे
एकमुठ्ठि हावा माँगे
एकमुठ्ठि पानी माँगे
जरा गाडेर बाँच्नलाई
एकमुठ्ठि माटो माँगे
उनीहरुले अधिकार गुमाए ।

केही फूलहरुले
हैकमवादको पाठ सिखेपछि
निमुखा फूलहरुको बस्ती लुटे
रक्ताम्मै पारेर सब लुछे
अहिले
त्यो फूलहरुको बस्ती
ह्वास्स काँचो रगत गनाउँछ..!!

त्यो कुरुप फूलहरु
अहिले गोजीमा आगो बोकेर
आफ्नै अनुहार खोज्दै हिड्दैछ
खोसिएको अस्तित्व
खोसिएको प्रेमिल धुन
खोसिएको माटोको गन्ध
के फिर्ता होला…??

तर फूलहरुको द्वन्द बीच
अन्यायका सारा पखेँटामा लागोस् आगो
र न्यायको झण्डा फरफराइयोस् फेरि
कुरुप फूलहरु फेरि सुन्दर बनुन्
अनि सुन्दर फूलहरु पनि
सुन्दरै बनुन्
एफ !
फूलहरुले हिंसा नगरोस्
प्रार्थना गरौँ
फूलहरुले युद्धविरामको घोषणा गरोस् !

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४२ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...