back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ चैत २१ शनिवार

726 

shares

१.
सके सम्म सबैको भलो चिताईदिउँला
आफू हारी अरुलाई नै जिताईदिउँला
एक सरो लाउन र दुई छाक खानु त हो
यसरी नै यो जिन्दगी बिताइदिउँला ।
२.
ठूला कुरा गर्नेहरु यहाँ अक्सर गिर्छन्
चिल्ला कुरा गर्नेले नै सकेसम्म पिर्छन्
कर्मबिर कहिल्यै लाउँदेन फाईफुट्टी
फाइफुट्टी लाउने पर्दा दुलो भित्र छिर्छन् ।

अरुले गरे कति कति,गर्नै सकिएन
लाग्यो सँधे उँधोमति,गर्ने सकिएन
सँगेका साथी सानले कार चढी हिड्छन्
आफूले भने केहि प्रगति गर्नै सकिएन ।
४.
सम्पतिको लोभ गर्दै दिल दूर पार्छन्
लोभलाग्दो बैँशलाई साह्रै झुर पार्छन्
एक पल्ट पाको जीवन नबुझेका मान्छे
दुखाउँदै जिन्दगीलाई चक्नाचुर पार्छन् ।
५.

तिर जस्ता तिखा नजर चलाएर गईन्
मस्तिष्क साथै देह पनि गलाएर गईन्
न सलाई थ्यो न लाईटर बोकेर ल्याएकी
भतभत गर्छ दिल यता जलाएर गईन् ।

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:४४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...