back
CTIZAN AD

कविता: सुकर्म

वि.सं.२०७७ चैत २८ शनिवार

1.3K 

shares

हो यो अधर्म अथवा अझ पाप जानौँ
थुप्रो त पाप भरिए तब व्याधि मानौँ
एक्लै नखानु घर या पर साथ बस्दा
अत्यन्त स्वार्थ घटियापन हुन्छ बुझ्दा

कोही नहोस् वरपरै मनले विचारी
एक्लै स्वयं हुनुपरे गरियोस् तयारी
छैनन् सँगै यदि कुनै जन खानु एक्लै
सोधेर मात्र पनि खानु भए नि दुक्लै

सोधिन्न साथ जन छेउ रहुन् तथापि
भो तुच्छता अबुझ भै नगरौँ कदापि
जानेर नै अझ गरिन्छ भने कुबुद्धि
सोधेर मात्र गरिए तब भो सुबुद्धि

मातापिता अनुज अग्रज बन्धु साथी
जोजो रहून् निकटमा शिरबाट माथि
राखेर भाव मनले गर कार्य नित्य
लाग्दैन पाप, नगरे तब भो अनित्य

गर्दा अनित्य बुझ त्यो हुनि हो अधर्म
यस्तो अधर्म गरिए बुझ पापकर्म
एक्लै बसिन्न तर भोजन एक्लिएर
भो हुन्न खान पशु झैँ, बस है मिलेर

आहारिसे जब बनिन्छ भरिन्छ धेर
थुप्रिन्छ त्यो जति बढी स्थुलता बुझेर
भो स्थूलकाय तन जो बुझ पाप ताप
त्यै व्याधिले तन मनै हुनिभो खराब

सच्चा मनुष्य रहने छ समाज खास
छन् साथमा जन समीप हुनेछ आश
आशा भरेर नदिँदा बढिगो निराश
बाँड्ने गरौँ सब मिली नबनौँ हतास

भो पाप लोक नबुझी गरिए अधर्म
त्यै हुन्छ धर्म जनभाव निमित्त कर्म
हो भिन्न खास पशु मानवको समाज
हो साहचर्य बुझ उच्च सुकर्म आज

वि.सं.२०७७ चैत २८ शनिवार ०६:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...