back

पाँच मुक्तक

वि.सं.२०७७ चैत २८ शनिवार

408 

shares
GLOBAL IME AD
NTC AD

१.
झरिजाने भयौ मोती ! अब मैंले के गर्नु र ?
भर पर्नाले भुमरीमा पर्यौ मैंले के गर्नु र ?
कसले छोडिगयो है कर्कलाको पातमाथि,
हावा विपरीत चल्यो अब मैले के गर्नु र ?

२.
नझ्याम्मिनु जुनसंग, मायागर्ने बानी बस्छ ।
वियोगको अंधेरीमा आँखाबाट पानी खस्छ ।
खोला तरुन्जेको साइनो दिगो राख्ने कोही हुन्न,
नदी तरी जान्छ यात्री किनारैमा माझी बस्छ ।।

३.
ठूलै तिर धाउँछन् सबै ठूलालाईनै ढोग हुन्छ ।
ठूलो हुन खोज्नु पनि मानसिक रोग हुन्छ ।
सब ठूला बस्तुहरु असल हुन्छन् भन्ने छैन,
ठूलो घरको छेउ परे झुपडीलाई ओग हुन्छ ।।

४.
हल्लो कवि ! हाय कवि ! सबै भन्छन् सञ्चै कवि ?
कहाँ कवि ? कहिले कवि ? यतै छौ कि अन्तै कवि ?
खायौ, पियौ, रोयौ र हाँस्यौ सोधिंदैन प्रश्न कहिल्यै,
मात्र मान्छे यत्ति सोध्छन् तिमी अझै जिउँदै कवि ?

५.
बिचारले लड्छ मान्छे बिचारैले बढाउँछ ।
नबोलेरै कमिलाले पुरुषार्थ पढाउँछ ।
कुठाउँमा परे निभ्छ तर सहि ठाउँ पाए,
एउटा काँटी सलाईले सिंगो वनडढाउँछ ।।

वि.सं.२०७७ चैत २८ शनिवार ०६:२८ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...