back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ चैत २८ शनिवार

885 

shares

१.
झरिजाने भयौ मोती ! अब मैंले के गर्नु र ?
भर पर्नाले भुमरीमा पर्यौ मैंले के गर्नु र ?
कसले छोडिगयो है कर्कलाको पातमाथि,
हावा विपरीत चल्यो अब मैले के गर्नु र ?

२.
नझ्याम्मिनु जुनसंग, मायागर्ने बानी बस्छ ।
वियोगको अंधेरीमा आँखाबाट पानी खस्छ ।
खोला तरुन्जेको साइनो दिगो राख्ने कोही हुन्न,
नदी तरी जान्छ यात्री किनारैमा माझी बस्छ ।।

३.
ठूलै तिर धाउँछन् सबै ठूलालाईनै ढोग हुन्छ ।
ठूलो हुन खोज्नु पनि मानसिक रोग हुन्छ ।
सब ठूला बस्तुहरु असल हुन्छन् भन्ने छैन,
ठूलो घरको छेउ परे झुपडीलाई ओग हुन्छ ।।

४.
हल्लो कवि ! हाय कवि ! सबै भन्छन् सञ्चै कवि ?
कहाँ कवि ? कहिले कवि ? यतै छौ कि अन्तै कवि ?
खायौ, पियौ, रोयौ र हाँस्यौ सोधिंदैन प्रश्न कहिल्यै,
मात्र मान्छे यत्ति सोध्छन् तिमी अझै जिउँदै कवि ?

५.
बिचारले लड्छ मान्छे बिचारैले बढाउँछ ।
नबोलेरै कमिलाले पुरुषार्थ पढाउँछ ।
कुठाउँमा परे निभ्छ तर सहि ठाउँ पाए,
एउटा काँटी सलाईले सिंगो वनडढाउँछ ।।

वि.सं.२०७७ चैत २८ शनिवार ०६:२८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...