११ साउन, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा पुनः मोहम्मद मुक्तदा मुसलमान सर्वसम्मत भएका छन् ।
जुलाई १६ मा सम्पन्न संघको नवौ महाधिबेशनले अध्यक्षमा मुक्तदा मुसलमानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई, द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन मगर र दीप जंग शाह, कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा बालकृष्ण न्यौपाने, महिला संयोजकमा नानु घले ब्लोन र युवा संयोजकमा डेक बहादुर भारती (सुमन) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सेवक बिक, खड्क बहादुर पा फागो, ओम बहादुर क्षेत्रि (सन्तोष), सबिन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायण प्रसाद ढुंगाना, मुखतार आलम, सन्तोष पौडेल, बिष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल मोहम्मद ईन्जाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादब, राम बाबु यादब, अगन्धर देबकोटा र मोहम्मद मेराजुद्दीन चयन भएका छन् ।

त्यसैगरी संघको.लेखा समिति संयोजकमा सन्तोष रेग्मी तथा सदस्यहरुम टिकाराम गौतम (अमित) र गणेश भट्ट चयन भएका छन् ।
त्यसैगरी कतारबाट आइसीसी सदस्यहरुमा सरिता भण्डारी पौडेल, पुर्ण बहादुर पोखरिया, नरेश श्रेष्ठ, टंक कुमार खड्का, अर्शद हुसैन मु, रामु रेग्मी र तेज कटवाल चयन भएका छन् ।
वि.सं.२०७८ साउन ११ सोमवार १६:३६ मा प्रकाशित






























