२८ जुलाई, वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को कोष्टारिकामा पनि शाखा विस्तार गरिएको छ ।
कोष्टारिकामा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको २६ जुलाईमा भर्चुअल माध्यमबाट भएको भेलाले डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा समिति गठन गरिएको हो ।
एनआरएनएको अमेरिकाज् क्षेत्रमा अमेरिका र क्यानडामा मात्र संगठन रहेको रहेको अवस्थामा कोष्टारिका अब कोष्टारिकामा पनि एनआरएनहरु संगठित हुँदै संगठन विस्तार गरेका हुन् ।
उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं, र कोषध्यक्षमा समान्ता मोक्तान लामा चयन भएका छन् ।
त्यस्तै समितको सदस्यहरुमा भुवन चापागाईं, डा.किलर्नी चापागाईं, राजेश चपागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन भएका छन् भने आईसिसि सदस्यमा संजीव लामा निर्विरोध चयन भएका छन् ।
नबगठित समितिका अध्यक्ष चापागाईँले अमेरिकाज् क्षेत्रका अन्य देशमा पनि नेपालीहरुलाई संगठित गर्दै संघमा आवद्ध गराउनका लागि आफुहरु लागिपरेको बताएका छन् ।
वि.सं.२०७८ साउन १३ बुधवार १४:०० मा प्रकाशित






























