back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ पुस १० शनिवार

759 

shares

सुस्त सुस्त साँझ ढल्यो उज्यालो गएपछि
कोठाभित्र बत्ती बल्यो उज्यालो गएपछि ।

हेमन्तको चिसो रातमा खासखुस गर्दै
मीठामीठा कुरा चल्यो उज्यालो गएपछि ।

प्रेमको प्यारो बगैँचामा लटरम्म झुक्दै
डाली डाली फल फल्यो उज्यालो गएपछि ।

दुई बदन एकआपस मिलाप हुँदा
समयले छाँया छल्यो उज्यालो गएपछि ।

हुरी बतास संग्रामको महा युद्ध हुँदा
थकानले युद्ध गल्यो उज्यालो गएपछि ।

मचिन्द्र खत्री, धरान, सुनसरी

वि.सं.२०७८ पुस १० शनिवार ०८:०९ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...