इजलासमाः उभिएर
पुर्ण फैसलाको अपेक्षा राख्दै
चिसिएको सम्बन्ध-
धमिलिएको अस्तित्व-
मरिसकेको प्रेम-
तीन मुद्दा हरुमा,
आफ्नो बयान दिदैं छुँ प्रिय ।
तिम्रो कुटिल मुस्कान ठ्याक्कै भूलभूलैया जस्तो
म घुमिरहेँ, हराइरहेँ
पथ–प्रदर्शक बिनाको पर्यटक जस्तो ।
तिम्रो नजर ठ्याक्कै कठघरा जस्तो
हारेपछी मलाई-
दिग्दार लाग्यो, नमज्जा..लाग्यो
आँखा पुरै छोप्दिएर-
घाँटीमा फाँसी लगाइदिँदै गर्दाको कैदी जस्तो ।
टुक्रिनु के हो ?
एउटा असफल प्रेमीलाई नसोध
एकपल्ट ऐना उठाएर छोडीदेउ ।
प्रिय,
तिम्रो अभद्र व्यबहारको
भद्र विरोध हो यो कविता ।
म विवश छुँ, कविता लेख्दै छुँ
यत्ति बुझ-
कविता हरु पनि त,
चुपचाप बस्नेहरुका बयान हुन् आखिर ।
आर्यश शर्मा घिमिरे, काठमाडौं
वि.सं.२०७८ पुस १० शनिवार ०८:१३ मा प्रकाशित






























