back
CTIZAN AD

कविताः बयान

वि.सं.२०७८ पुस १० शनिवार

693 

shares

इजलासमाः उभिएर
पुर्ण फैसलाको अपेक्षा राख्दै
चिसिएको सम्बन्ध-
धमिलिएको अस्तित्व-
मरिसकेको प्रेम-
तीन मुद्दा हरुमा,
आफ्नो बयान दिदैं छुँ प्रिय ।

तिम्रो कुटिल मुस्कान ठ्याक्कै भूलभूलैया जस्तो
म घुमिरहेँ, हराइरहेँ
पथ–प्रदर्शक बिनाको पर्यटक जस्तो ।

तिम्रो नजर ठ्याक्कै कठघरा जस्तो
हारेपछी मलाई-
दिग्दार लाग्यो, नमज्जा..लाग्यो
आँखा पुरै छोप्दिएर-
घाँटीमा फाँसी लगाइदिँदै गर्दाको कैदी जस्तो ।

टुक्रिनु के हो ?
एउटा असफल प्रेमीलाई नसोध
एकपल्ट ऐना उठाएर छोडीदेउ ।

प्रिय,
तिम्रो अभद्र व्यबहारको
भद्र विरोध हो यो कविता ।
म विवश छुँ, कविता लेख्दै छुँ
यत्ति बुझ-
कविता हरु पनि त,
चुपचाप बस्नेहरुका बयान हुन् आखिर ।

आर्यश शर्मा घिमिरे, काठमाडौं

वि.सं.२०७८ पुस १० शनिवार ०८:१३ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...