back
CTIZAN AD

दस छेस्का

वि.सं.२०७८ पुस १० शनिवार

654 

shares


जानेका फुट्न
लडाइँ गर्छन्
छाडेर जुट्न ।

शत्रुता मासौं
कटुता त्यागी
एकता गासौँ ।

साथ उनकै,
तारा के हो र,
माया जुनकै ।

बन र पाखा,
सम्झिन्छु सधैं,
सुरिलो भाखा ।

भरिलो माथ,
गाजलु आँखा,
मायाको साथ ।

उघार दैलो,
घामको राप,
लिनु छ पैलो ।

चियाए घाम,
फाल सिरक,
समाउ काम ।

हिँउद बेला,
कुरा शीतको,
साथ मितको ।

गिलो आहारा,
बूढेस काल,
लट्ठि सहारा ।
१०
सोँचेर बोल,
पर्छ कि पीर,
भावना खोल ।

नारायण अधिकारी, पाल्पा

 

वि.सं.२०७८ पुस १० शनिवार ०८:१४ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...