back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ पुस १० शनिवार

1K 

shares

१.
गर्ने के अब यहाँ, सभ्य समाज हराएसी ।
नलाग्ने कसैको डर कर, लाज हराएसी ।
हुन्छन हेर्नु अनेक, अपराध अनि हिंसाहरु,
बेरोजगार मान्छेको, कामकाज हराएसी ।

२.
कोहि पनि हिडदैनन, आफुलाई कमसल देखाएर ।
मनमा शान्ति छैन,के गर्नु बाहिर झलमल देखाएर ।
फलानो त बिदेशमा, मोजमस्तिमा होला नसोच्नु,
फोटो राख्यो भन्दैमा, पृष्ठभूमिमा महल देखाएर ।

३.
हामीले जस्तो गर्यौ कर्म, उस्तै फल मिल्छ हजुर ।
प्रतिक्षा गर्न सिक्नुस, खुशिको पल मिल्छ हजुर ।
सजग रहनु आवश्यक छ, चिप्ला कुरा गर्ने संग,
पराईको के कुरा, यारहरुबाट छल मिल्छ हजुर ।
४.
आँखामा होईन मुटुमा राख्छु, अनुमति दिन्छ्यौ भने ।
जुनिजुनि साथै रमाउला, चोखो पिरति दिन्छ्यौ भने ।
यथार्थ किन लुकाउनु, आफ्नैले लत्याएको मान्छे हुँ,
यो घाइते जिन्दगीलाई, जिउँने ओखति दिन्छ्यौ भने ।
५.
सम्पत्ती नहोस, तर सम्मान होस यत्ति भए पुग्छ ।
समाजमा आफ्नै, पहिचान होस यत्ति भए पुग्छ ।
आज खुट्टा तान्ने शत्रुहरुलाई मेरो गुणगान सुनि,
भोलि वाक्क दिक्क, हैरान होस यति भए पुग्छ ।

सरोज सङ्गम, म्याग्दी हाल युएई

वि.सं.२०७८ पुस १० शनिवार ०८:१५ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...