back
CTIZAN AD

छन्द कविता: नयाँ जोगी

वि.सं.२०७८ पुस १० शनिवार

1.1K 

shares

गरूँ काम आजै भनूँ भोलि छैन
विनाकाम चल्ने गुजारा हुँदैन ।
म आलस्य त्यागी बनूँ कर्मयोगी
खरानी घसेका नयाँ देख्छु जोगी ।।१।

हरे राम जप्छ्न् धरी गेरु वस्त्र
छुरा जेबमा छन् लुकाएर अस्त्र ।
विलासी तिनै छन् तिनै सख्त ढोँगी
खरानी घसेका नयाँ देख्छु जोगी ।।२।

हिँडूँ द्वार डुल्दै म भिक्षा न मागूँ
बनोस् लाभदायी र शिक्षा म मागूँ ।
गरी दुःख बाँचूँ बनूँ भुक्तभोगी
खरानी घसेका नयाँ देख्छु जोगी ।।३।

बनूँ स्वस्थ मान्छे म हेर्दै बलिष्ठ
बनूँ कर्मशील्पी र कर्तव्य निष्ठ ।
हटून् रोगव्याधि बनूँ भो निरोगी
खरानी घसेका नयाँ देख्छु जोगी ।।४।

बनूँ भ्रष्ट लोभी न पापी बनूँ म
ममा छैन चाहा प्रतापी बनूँ म ।
विनालाज बाँच्ने बनूँ भो बिजोगी
खरानी घसेका नयाँ देख्छु जोगी ।।५।

छन्द: भुजङ्ग प्रयात

उत्तम विचार, टोखा, काठमाडौं

वि.सं.२०७८ पुस १० शनिवार ०८:१७ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...