back
CTIZAN AD

छन्द कविता: विनय

वि.सं.२०७८ पुस १० शनिवार

933 

shares

रविकिरण उदाए प्रातमा तेज छर्दै
गगन झलमलाए रातको सेज हर्दै
चिर चिर धुन छर्दै गीत गाई चरीले
उठ अब कति सुत्छौ भन्न लागिन् परीले ।।१।

जलचर सब प्राणी हात जोडी बसेका
मनमन सब जप्छन् देव भन्दै झुकेका
प्रकृति जति हँसाई बल्दछौ दीप जस्तै
भुवनभरि छरी तेज राप तिम्रो छ उस्तै ।।२।

सगर जति रमाए हेरी तिम्रो मुहार
पवन पनि रमाई गर्छन् तिम्रो पुकार
सिरसिर गरि चल्ने वायुको रूप बन्दै
भवभरि छरि माया जीवले देह चुम्दै ।।३।

हिमशिखर रमाए प्रातको दिब्य रूप
नयनभरि सजाए दिव्य तिम्रो स्वरुप
कलकलगरि बग्ने बेगको भेल भित्र
मधुर धुन छर्दै गीत गाई बिचित्र ।।४।

नजर रस सबैमा दिव्य तिम्रो पियार
निसदिन सधैँ पुज्छन् सब्य तिम्रो मुहार
चरणतल नियाली अर्पेर अर्घ धारा
बगर शहर सारा फूल जस्तै पियारा ।।५।

छन्द : मालिनी

उत्तम कुमार पोखरेल,सूर्य विनायक, भक्तपुर

वि.सं.२०७८ पुस १० शनिवार ०८:१८ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...