back
CTIZAN AD

कविता: हाम्रो पर्यावरण: हाम्रो सम्पदा

वि.सं.२०७८ पुस १० शनिवार

1.5K 

shares

भरिया
काच्पातको
सुल्फा तानी
तोक्माको खुट्टाले
गन्तव्य हिड्थ्यो त्यो बाटो


पारी हिमालको सिरेटो ओडी
पछाडी लुकाएर एक अञ्जुली बुकिफूल
तिमीलाई भेट्न आउथ्ये
तिमी
कोइली मुग्ध
पिपिरी सुसेल्दै
पर्खन्थ्यौ ठुलो वरको आडमा

यो तिम्रो मेरो बेला थियो
छोरो, अभियन्ता बनेपछि
सडक धाजा फाट्यो
ढल्यो निशानी वर
बसाई स¥यो जोडी ढुकुर
जहाँ अहिले
अल्झिन्न ऐसेलुहरुमा
कुनै एक टुक्रा तिम्रो पछ्यौरीको
अल्झिएको छ बरु
तल ढुङ्गामा
दुर्घटनाग्रस्त एम्बुलेन्सको अस्थिपञ्जर
त्यही बाटो जान्छ “युवकको“
हातभरी प्लास्टिकको गुलाफ

पहिरो बग्दछ,नदी ढलको
स्याउ प्रशोधित “रक्सी“
गाई दुगिन्छ बिषादी घाँस
खडेरी पिउँदै “फेवाहरु“
कारखाना फस्टाइरहन्छ कार्वनडाइअक्साइडको
सडक ! आन्दोलन बल्छ कार्वनमोनोअक्साइड
र संभोग गर्छ ओजन तह
स्खलित हुन्छ अल्ट्राभायोलेट, इन्फ्रारेड
पृथ्वीको गर्भमा
र ज्वरो बढ्छ पृथ्वीलाई बर्सेनि
जुन भयावह छ
धरतीको “फूलहरुलाई“

वन तस्करीको सिंहासनमा
रोपिन्छ आयातित दुबो र एक मठ तुलसी
उता सूनिन्छ “ग्रेटाको गर्जना“
र लगाईन्छ एक हुल नारा
“हाम्रो पर्यावरण: हाम्रो सम्पदा“

साँच्चै भनौं
तिम्रो पर्यावरण तिम्रो सम्पदा होईन
यो तिमी “स्वयम“ हौ ।

अजय बैरागी,रतनपुर,कटारी ७, उदयपुर

वि.सं.२०७८ पुस १० शनिवार ०८:२३ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...