१
नेपालीको धर्म संस्कृतिलाई विदेशीले तान्यो,
नेपालीलाई ध्वस्त पार्न निकै जाल झेल जान्यो ।
२
कहिले क्रिशमस डे त कहिले भ्यालेन्टान भन्छन्,
कहिले मात्र आफ्नो धर्ममा नेपालीहरू बहन्छन् ।
३
धर्म परिवर्तनले नेपालको के अर्थ रह्यो,
क्रिशमस डे मनाए सनातनी कसरी भयो ।
४
क्रिशमस डे मनाउने भए पशुपति किन जानू,
विदेशीकै ईसारामा नाचेरनै कसरी माम खानु ।
५
धर्म पनि खिल्ली उड्यो हेर हाम्रो नेपालमै,
तेसैले हाम्रा नेताहरू सबै फँसे जालमै ।
६
हिन्दु राष्ट्रको वेद पुराण पराइले खायो,
आफ्नो धर्म बिर्सिएर नेपालीले गीत गायो ।
७
सारा देशबासी सधैँभरि विदेशीको ईसारामा चल्ने,
क्रिशमस डे भन्दै हिडे हिन्दु धर्म कहिले फुल्ने फल्ने ।
८
विदेशीको लहै लहैमा हिँड्दा देश खर्लप्पै खायो,
बिनासित्तीको धर्मले गर्दा नेपालीले दुःख पायो ।
९
हिन्दु मार्गीले कहिले पनि धर्म परिवर्तन् नगरौँ,
सनातनी धर्मलाई मास्न कोही पनि अघि नसरौँ ।
१०
क्रिशमस डे को अवसरमा हार्दिक शुभकामना,
आफ्नो संस्कृति बचाउन मनमा बुनौ सधैँ चाहना ।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
वि.सं.२०७८ पुस १० शनिवार ०८:२४ मा प्रकाशित






























