back
CTIZAN AD

कविता : अन्जान यात्रीको नारा

वि.सं.२०८० असार ९ शनिवार

1K 

shares

सुमित्रा ’अविरल’ थामी, दार्जीलिङ्ग

कुपोषणको थैलो बोकेर
अचेत संकुचित मस्तिष्क
आलिशान महलहरूको बिच
कोत्रे सडकबाट कुदिरहेको थियो
बैज्ञानिक बुद्धिहरूको
पाम प्लेटहरूमा
बिकाशको पुत्ला सजाएर
हतार …हतार…कुदिरहेको थियो
मानौ …म्यारथनको स्वर्ण पदक हत्याउन आतुर
छ ती यात्रीलाई
अनि…
केहि टाढा जंगलहरू छोड्दै
फेरि रातहरूमा बिजुली बत्तीको झिलमिलसंग
एउटा सानो गाउँभित्र प्रवेश हुन्छ उसको
अनि ..!
आँखामा सजाउन थाल्छ
कृतिम संसार
फेरि केहि बेर निन्द्राको शहरमा
सपनीसंग गफ आलापिएपछि
घ्याँच्च यथार्थमा
केहि क्षण रोकिएपछि
फेरि यात्रा शुरू हुन्छ उसको
दृश्यहरूपनि बद्लिन थाल्छ
खेतका गराहरूमा लहलह धानको बालाहरू
अनि ती खेतबारीको चारकुनामा
कंक्रिटले बनाएका चार खाँबोहरू
तर अचम्भ …?
त्यहाँ अहिलेका प्रगतिसंग
त्यो छिपछिपे हिलोमा धानसंगै हुर्किदै थियो
निस्सासिएको
भोको नाङ्गो छातीका करङ्गहरू गन्न सक्ने
भोकमरी भविष्यहरू
कुपोषण अन्नको होइन
मानसिकता बोकेर
त्यहि पाम प्लेटहरू छातीमा टाँसेर
देशको विकास
अनि हुर्किदै थियो सृष्टिको चुनौतीहरू
अनि अन्जान यात्री
त्यहि संकुचित मस्तिष्क बोकेर
हिँडीरहेको थियो
हिँडीरहेको थियो

देश बिकासको कुराहरू
जातिय बिकासको सपनाहरू अनि मानवताको
नारा लगाउँदै
नारा लगाउँदै ।

 

वि.सं.२०८० असार ९ शनिवार ०७:४२ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...