back
CTIZAN AD

कविता : म, मेरो देशमा

वि.सं.२०८० असार ९ शनिवार

1.2K 

shares

गजेन्द्र मोक्तान, पाँचथर

मेचीका आँखाले
महाकाली हेर्दै छु
कालीका पाइलाले
नाम्चे,सल्लेरीबाट
तिल्पुङ् हिँड्दै छु
चिसो निकै छ
पहाडमा
बरफ पन्साएर
तराई ओर्ल शिशिरहरू
तातो निकै छ
मेरो मिथिलासँग
ग्रीष्मर्तु पसिना छोपेर
हिमाल उठ
चेतनदीप

नानीअनुहार फेरिनु पर्छ
गैंती उचालेर होस्
वा हलोजुवा बोकेर
मैले
मेरो तराई उमारेर
हिमाल सिँच्नु पर्छ
मैले मेरा स्वयम्भू
आँखा उघारेर
मुगु मुस्ताङ्को
हिउँ पग्लनु पर्छ
आफ्नै अस्तित्वको
सगरमाथा अग्लनु पर्छ
भाइ भतिजहरू !

छातीभरि उपत्यका सजाएर
सिफलको साहससँग
विदेश होइन
देश रोप्नु छ
मेरा कलिला
सुन्दर भोलिका
हातहरूमा
ओ,स्याङ्बो !
ओ,चमेली
लहर छाड
परराष्ट्रका भिसामा
आऊ सँगसँगै
भिरपाखामा
रोपेर बीउ
राता गोलभेडा उमारौँ
फुलाएर तोरी
कन्दराका कापमा
मनभरि
मह चुहाऊँ
मैले जताबाट हिँडे पनि
देश उभिनु पर्छ
देश हेरिनु पर्छ
वर्तमान उभिएर पाउमा
भोलिका
नानीअनुहार फेरिनु पर्छ
गैंती उचालेर होस्
वा हलोजुवा बोकेर
मैले
मेरो तराई उमारेर
हिमाल सिँच्नु पर्छ
मैले मेरा स्वयम्भू
आँखा उघारेर
मुगु मुस्ताङ्को
हिउँ पग्लनु पर्छ
आफ्नै अस्तित्वको
सगरमाथा अग्लनु पर्छ
भाइ भतिजहरू !
पाइला मोडेर फर्क
विदेशबाट
देशमै अस्तित्वका
छातीहरू
सर्वत्र फैलिनु पर्छ !!

 

वि.सं.२०८० असार ९ शनिवार ०७:४४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...