back
CTIZAN AD

कविता : वार्तालाप

वि.सं.२०८० असार ९ शनिवार

969 

shares

मञ्जुला तामाङ्ग सुब्बाघुम, दार्जीलिङ्

महाकाल धाम :
मन छैन अब बस्न यहाँ
बहन थाल्यो दूषित हावा
चड्दैन जल पनि पवित्र
कसमधारी भीडभाड लाग्छन दिनभरी
चिन्दिन को हुन भक्त असली ।

हावाः
नथोपार दोष म माथि
दूषित छन् पर्यावरण त्यै माथि
न हिमाल गर्छ कसैको विरोध
मस्त छ टिष्टा दगुर्न मधेस
बहन्छ अन्जान तप्त ज्वालाहरू
सीमित छु स्वच्छ हावा बनि बहनु ।
रोग निवारण क्षमता रहेन
प्रदूषित हावामा मेरो आफ्नै अस्तित्व रहेन ।

महाकाल ! तिम्रो आशिष बर्सिरहोस्
टिष्टा ! तिमी शान्त अविरल बगिरहनु
हावा ! तिमी मन्द मन्द विशुद्ध चलिरहनु
चियाबारी ! तिमी आफैमा गर्व गर्नु ।
सहानुभूति छ मेरो, पर्यावरण सन्तुलित बनाइ राखौ ।
नयाँ पिडी बचाउने सुन्दर पहाड साँची राखौ ।

टिष्टा,
हो ! म मस्त छु दगुर्न मधेसतिर
सन्तुष्ट छु फैलावटमा आफ्नो शान्तिसित
उत्पति मेरी हाँस्छिन् हेर्दै मतिर
लाचार छु म, आफ्नै देखेर सन्तति
पहाड, कन्दरा, झरना, घुम्ती
म खेल्दै आउँछु ।
सन्तान मेरी हुँदैछन् भ्रष्ट
अलकनन्दा बनि प्रलय मच्चाउ कि …
पहाड सोहोरेर समतल पुर्याउँ कि ?
यसैले अशान्त छु खोज्दै शान्ती अविरल बहदैं छु ।

चियाबारीः
अजम्बरी कदापि नसोच मलाई
हरियाली रूप मेरी जीवन मृत्युको
संघारमा छु
बिरक्तिएर आत्महत्याको तारतम्य मिलाउँदैछु ।
आफ्ना सबै विलिन हुन लागे
चिमोटी चिमोटी बिश्वबजारमा लिलाम पछि
अफालिएको वेश्या हुन लागेँ ।

हिमाल :
सबै दोष्याउँछन् मलाई
महाकाल , हावा, टिस्टा, चियाबारी
बिलौना सुनाउँछन् मलाई ।
अक्षुण्ण कहाँ छु म यी पीडाहरूबाट
गर्छन् तुलना मलाई टोपी शिरको
राख्दैनन् मान सम्मान आफ्नै स्थानको
अडिग छु, अटल छु, जीवित छु
सुन्दर पहाडको एकमात्र पवित्र प्रतिक हुँ ।

महाकाल ! तिम्रो आशिष बर्सिरहोस्
टिष्टा ! तिमी शान्त अविरल बगिरहनु
हावा ! तिमी मन्द मन्द विशुद्ध चलिरहनु
चियाबारी ! तिमी आफैमा गर्व गर्नु ।
सहानुभूति छ मेरो, पर्यावरण सन्तुलित बनाइ राखौ ।
नयाँ पिडी बचाउने सुन्दर पहाड साँची राखौ ।

 

 

वि.सं.२०८० असार ९ शनिवार ०७:४६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...