back
CTIZAN AD

खस क्षत्री कतारमा कार्की सर्वसम्मत

वि.सं.२०७४ वैशाख १८ सोमवार

1.3K 

shares

khas-kdhetri-samaj-2074कुमार श्रेष्ठ, दोहा । नेपालको कुल जनसंख्या मध्ये सबैभन्दा धेरै जनसंख्या रहेको खस क्षत्री सेवा समाजले कतारमा तेश्रो साधारण सभा सम्पन्न गरेको छ । सभाले खगेन्द्र कार्की अध्यक्षमा दुई महिला सदस्य सहित २१ सदस्यीय नया कार्यसमिती सर्वसम्मत मनोनित गरेको हो ।

नयाँ कार्यसमितिका अन्य पदाधिकरिहरुमा प्रथम उपाध्यक्षमा बिश्वबन्धु थापा, द्वितिय उपाध्यक्षमा धनबहादुर कार्की, महासचिवमा रामजी खत्री, सचिवमा श्याम डी सी र कोषाध्यक्षमा प्रकाश कार्कि रहेका छन् । सदस्यहरुमा द्रोण कार्की, हेमबहादुर बस्नेत, रमेश चुहान, बुद्व पाण्डे, गोबिन्द कटुवाल, भरत के सी, मनोज कार्की, श्याम ज्योती बोहोरा, बिनोद महत, सपनाकार्की, मायाकार्की रहंदा पदेन सदस्यमा कटुवाल समाज तथा बस्नेत समाजका गोपाल कटुवाल राजु बस्नेत छन् भने बाँकी पद आवश्यकता अनुसार कार्यसमितिले पूर्ति गर्ने बताइएको छ ।
तेस्रो अधिवेशनलाई सर्वसम्मत चयन गराउन निर्वाचन संयोजकको जिम्मेवारी हंसराज ढकाललाई दिएको थियो । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा बहन गर्दै निर्वा्चित सम्पूर्ण पदाधिकारीहरुलाई सपथग्रहण समेत गराएका थिए ।

सस्थाका प्रथम उपाध्यक्ष खगेन्द्र कार्कीले स्वाग तमन्तब्य राख्दै शुरु गरिएको थियो । उनले दोहा भरि छरिएर रहेका खस क्षेत्रीहरुलाई एउटा पारिबारिक जमघट, सामाजिक सेवा सहकार्य गर्ने हेतुले खोलिएको सस्था भएको स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि कार्कीले सस्थालाई बिधि र पद्धती बाट अगाडी लगियो भने सफल हुने कुरामा जोड दिए । उनले आफ्नो सस्कार र सस्कृति जोगाउन समाज अबद्द सम्पूर्णलाई समेत आग्रह गरे । कार्यक्रममा उपस्थित अन्य सम्पुर्ण अतिथि गणहरुले समाजले गरेका कार्यहरुको चर्चासंगै नयाँ बन्ने समितिलाई अग्रिम शुभकामनाका साथ आपसी सहयोग र सहकार्यका लागि प्रतिबद्धता ब्यक्त गरेकाथिए ।
सस्थाका अध्यक्ष रेसम वस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार टिवी कार्कीको प्रमुख आथित्यता रहेको थियो । अन्तमा सभापतिले असल समाज निर्माणका लागी घर भित्रबाट नै शुरु गर्नुपर्ने बताउदै सहयोग गर्न सक्ने र प्रवासमा बचेको समयलाई सहि सदुपयोग गर्न समेत सुझाव दिदै कार्यक्रमको समापन गरेका थिए ।

वि.सं.२०७४ वैशाख १८ सोमवार १४:१८ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...