back
CTIZAN AD

कविता : काव्य

वि.सं.२०८० माघ १३ शनिवार

1.8K 

shares

कल्पना अधिकारी भट्टराई
टोखा, काठमाडौं

लक्ष्य एकै लिओैँ काव्यको सिर्जना
घोलिऊन् काव्यमा कल्पना भावना ।
काव्यमा फुदछन् मानवी चेतना
काव्यले मेट्दछन् नौमुरी तिर्सना ।१।

काव्यमा मिल्दछन् जिन्दगीका कथा
काव्यले बोल्दछन् जिन्दगीका व्यथा ।
काव्य सन्तोष,आनन्दको मूल हो
पौरखी हातको शिल्पको फूल हो ।२।

नेत्र हो मार्ग हो कर्म हो काव्य यो
धर्म हो मोक्ष हो भाव संवेद्य यो।
ज्ञान विज्ञानको स्रोत हो काव्य यो
शास्त्र हो अस्त्र हो स्तोत्र आराध्य यो ।३।

योग हो ध्यान हो पुष्प हो पात हो
प्रात हो साँझ हो चाँदनी रात हो ।
घाम हो जून हो गीत सङ्गीत हो
जिन्दगीमा सधैँ गाँसिने प्रीत हो ।४।

काव्य शिल्पीहरू गर्दछन् साधना
खेल्दछन् शब्दमा अर्थका साथमा ।
व्यन्जना लक्षणा भर्दछन् भावमा
रोशनी छर्दछन् काव्यले विश्वमा ।५।

छन्द : स्रग्विणी
गण : र र र र
सङ्केत: SlS SlS SlS SlS

वि.सं.२०८० माघ १३ शनिवार ०७:१९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...